बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचारसमेत प्राप्त हुने बताए । ए ग्रेडको आईसियुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने बताए ।


अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले बोल्दै कोभिडको समयमा विरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि अस्पतालका निवर्तमान मेसु डा. विकास देवकोटाले ए ग्रेडको एम्बुलेन्स बुटवलमा ल्याउनु पर्ने निर्देशन बमोजिम प्राप्त प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगले आज एम्बुलेन्सको शुभारम्भले मुर्तरुप लिएको बताए ।

उनले ए ग्रेडको एम्बुलेन्सभित्र स्वास्थ्यकर्मी समेत रहने भएकाले डेलिभरीको अप्रेशन समेत गर्न सकिने बताए । उनले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाइृ एक कदम अगाडि बढ्न मद्दत पुग्ने बताए ।

त्यस्तैगरी अस्पतालका फिजिशियन डा. पुष्पराज जोशीले बोल्दै प्रादेशिक अस्पतालमा विशिष्ट क्षमताको आईसियूसहितको एम्बुलेन्सले धेरै समयको आवश्यकता पूरा भएको बताए ।

उनले ए ग्रेडको एम्बुलेन्स सेवाले जस्तो किसिमको विरामीलाई अर्को अस्पतालमा पुराउँदा सम्म निर्धक्क भएर उपचार गर्न सकिने बताए । त्यस्तैगरी उक्त कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा. पुष्पराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका सचिव अर्जुन लामिछानेले बोल्दै प्रादेशिक अस्पतालबाट सञ्चालित एम्बुलेन्सलाई आफ्नो संघबाट आवश्यक पहलकदमीका लागि सधै तत्पर रहेको बताए । ए ग्रेडको एम्बुलेन्स ९२ लाखमा खरिद भएको हो । अस्पतालका प्रशासन शाखा प्रमुख डा. सुरेन्द्र भण्डारी स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन चिरन्जीवी घिमिरेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित