रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचारसमेत प्राप्त हुने बताए । ए ग्रेडको आईसियुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने बताए ।


अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले बोल्दै कोभिडको समयमा विरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि अस्पतालका निवर्तमान मेसु डा. विकास देवकोटाले ए ग्रेडको एम्बुलेन्स बुटवलमा ल्याउनु पर्ने निर्देशन बमोजिम प्राप्त प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगले आज एम्बुलेन्सको शुभारम्भले मुर्तरुप लिएको बताए ।

उनले ए ग्रेडको एम्बुलेन्सभित्र स्वास्थ्यकर्मी समेत रहने भएकाले डेलिभरीको अप्रेशन समेत गर्न सकिने बताए । उनले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाइृ एक कदम अगाडि बढ्न मद्दत पुग्ने बताए ।

त्यस्तैगरी अस्पतालका फिजिशियन डा. पुष्पराज जोशीले बोल्दै प्रादेशिक अस्पतालमा विशिष्ट क्षमताको आईसियूसहितको एम्बुलेन्सले धेरै समयको आवश्यकता पूरा भएको बताए ।

उनले ए ग्रेडको एम्बुलेन्स सेवाले जस्तो किसिमको विरामीलाई अर्को अस्पतालमा पुराउँदा सम्म निर्धक्क भएर उपचार गर्न सकिने बताए । त्यस्तैगरी उक्त कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा. पुष्पराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका सचिव अर्जुन लामिछानेले बोल्दै प्रादेशिक अस्पतालबाट सञ्चालित एम्बुलेन्सलाई आफ्नो संघबाट आवश्यक पहलकदमीका लागि सधै तत्पर रहेको बताए । ए ग्रेडको एम्बुलेन्स ९२ लाखमा खरिद भएको हो । अस्पतालका प्रशासन शाखा प्रमुख डा. सुरेन्द्र भण्डारी स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन चिरन्जीवी घिमिरेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार