रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुढो रुख ढाल्नुपर्छ, भैरहवाका धर्तीपुत्र बोहरालाई जिताउनुपर्छ : खिमलाल भट्टराई

भैरहवा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले अब बुढो रुख ढालेर भैरहवाका धर्तीपुत्र दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा भैरहवामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रतिनिधिसभा÷ प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै नेता भट्टराईले मुलुकको विकासका लागि तीनदलीय तालमेललाई जिताउनुपर्ने बताए । उनले राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले चुनाव जित्नु भनेको एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नु हो भन्दै बोहरालाई जिताउन आग्रह गरे ।

उनले भने, ‘यो बुढो रुख अब ढाल्नुपर्छ । देशको अभियान सुर्य हो । कमल थापा सुर्यसँग हिड्नुभएको छ । यही हो भविष्य । मंसिर ४ पछि बुढो रुखलाई विदाइ गरौं । ’

भैरहवाको लागि दीपक बोहरा धर्ती पुत्र भएको उनको भनाइ छ । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कमी छैन डाक्टरले दीपक बोहरालाई एकमहिना भ्वाइस रेस्ट गर्न भनेको छ, १ महिनापछि सदन चल्छ उहाँ त्यही गएर बोल्दा त भयो नि । भावी सन्ततिलाई जिताउन हलोमा मत दिएर बोहराजीलाई जिताऔं, चिन्ह ठुलो कुरा होइन मिसन ठूलो कुरा हो हाम्रो मिसन ओलीलाई प्रधानमन्त्री बनाउने हो । मैले झलझली दीपक बोहराले जितेको देखेको छु । ’

उनले प्रश्न गरे, ‘पाँच हजार जना अट्ने सभाहल लुम्बिनीमा कसले बनायो हामीले बनायौं । नेपालमा रेलको सपना हामीले सुरुवात गर्यौं । हामीले धरहरा, बनायौं । बुटवलदेखि बेलहिया सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हामीले बनायौं ।’

उनले भने, ‘एमाले नेतृत्वमा भएका विकास निर्माण कार्यहरु नेपाली कांग्रेसले नेताहरुले उद्घाटन गरेका छन्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा निर्माण भएको सभाहल केही उदाहरण हुन् । ’

पूर्व गृहमन्त्री तथा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले सरकारले निष्पक्ष निर्वाचन गराउँछ कि गराउँदैन भन्ने शंका उत्पन्न भएको बताए । वर्तमान गृहमन्त्री सारा नेपालीको हो कि होइन भन्दै थापाले ३ करोड नेपालीले तिरेको करबाट सरकार चल्ने तर उम्मेदवार भएर पदको दुरुपयोग गर्न नहुने तर्क गरे ।

अब निर्वाचनपछि पाँचदलीय गठबन्धनको प्रधानमन्त्री को हो भन्दै प्रश्न गर्दै उनले भने, ‘माधव नेपाल एमाले नेतृत्वको सरकार हटाएका हुन् शेरबहादुरलाई प्रधानमन्त्री उनले बनाउँछन ? उनीहरु सत्ताकै लागि लडाइँ गर्छन्, उनीहरुले जनताको अभिमत कुल्चिएको हुनाले एकपटक फेरी केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए । उनले गठबन्धन सरकारले रुपन्देहीमा आलु बांडे जस्तै तक्मा बांडेको आरोप लगाए ।

जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले यो राष्ट्र बचाउनुमा एमालेको ठूलो हात भएको बताए । उनले भने, ‘दीपक दाइले चुनाव जिते भने सबैभन्दा ठूलो श्रेय एमालेलाई जान्छ । एमालेका कार्यकर्ता प्रतिबद्ध छन् भन्ने प्रमाणित गर्ने दिन मंसिर ४ गते हो । ’ नेपालमा सच्चा नेता छ भने त्यो नेता केपी ओली हो ।’ मंसिर ४ गतेको न्यायाधीश जनता भएको बताउँदै फैसला गर्ने काम जनताको भएको बताए । उनले भने, ‘प्रत्येक निर्वाचनमा फरक पार्टीबाट निर्वाचन लड्ने उम्मेदवारकोबारेमा जनताले राम्रोसँग बुझ्नुभएको छ ।’

एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले एमालेलाई प्रतिगामी भन्दै गाली गर्दै पाँचदलीय गठबन्धनले मुलुक ध्वस्त पार्दै गएको बताए । उनले भने, ‘बाहिर ठुलो कुरा गर्ने तर सत्तामा बसेर एमालेसँग थुरथुर काम्छ । अनि स्वतन्त्र उम्मेदवारमाथि आक्रमण गर्न लागिसकेका छन्, हतासको मानसिकता कारण आक्रमण गर्न थाले । ’

पोख्रेलले भने, ‘आफू सतामा बसेका छन्, एक्लै एमालेसँग तर्सिएका छन् । हामीसँग पैंठजोरी खेलिरहेको अवस्थामा प्रतिनिधि सभा र प्रदेशमा तालमेल गरेका छौं । यो तालमेल हो । हामी कुनै हालतमा पाँचदलीय गठबन्धनलाई परास्त गरी नांगेझार पार्न तालमेल गरेका हौं । ’

अब हुन लागेको निर्वाचनमा एमालेले प्रतिनिधि सभा सदस्यमा कम्तीमा सय सिट जित्ने एमालेका नेता पोखरेलको दावी छ । हाम्रो तालमेल समूहको प्रधानमन्त्री केपी ओली हो । भोलि सरकार बनाउने काममा ती पार्टीले सहयोग गर्नेछौं त्यसैले हामीले राप्रपालाई सहयोग गरेका हौं, ’पोखरेलले भने ।

एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले रूपन्देही जिल्ला क्षेत्र नम्बर ३ का दीपक बोहरालाई प्रतिनिधिसभा सदस्यमा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई मतदान गरी जिताउन आग्रह गरे । उनले पार्टीको निर्णयअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमालेका सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले रूपन्देही–३ मा तीनदलीय तालमेलले पाँचदलीय गठबन्धन अत्तालिएको बताउँदै मंसिर ४ गते तीनदलको जीतलाई कसैले रोक्न नसक्ने बताए ।

एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, इञ्चार्ज चोपलाल आचार्यको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार