बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

प्यूठानको योजनावद्ध विकास हाम्रो मुख्य एजेण्डा हो– एमाले नेता थापा

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नेकपा एमालेबाट पार्टीको पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा उठेका छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थापा तीन दशक लामो समय पत्रकारितामा पनि सक्रिय भए । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएर जिम्मेवारी पूरा गरेको थापासँग अनुभव छ । समाजशास्त्रमा स्नातकोत्तर तथा व्यवस्थापनमा स्नातक गरेका थापाका आधा दर्जन बढी विभिन्न पुस्तकहरु प्रकाशनमा छन् । ०६० सालमा प्रकाशन गरिएको ‘विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य’ पुस्तकले नेपालमा गणतन्त्रको स्थापनाका निम्ति राष्ट्रिय माहोल बनाएको थियो ।
पार्टीको प्रचार क्षेत्रलाई करिब डेढ दशक नै कार्यकारी रुपमा नेतृत्व गरेका थापाले आमसंचार र पर्यटन क्षेत्रको भूमिकालाई सफलतापूर्वक निर्वाह गरेका थिए । आफ्नो अभिव्यक्तिमा प्रष्ट र खरो स्वभाव एवं निर्भिकता उनमा पाइन्छ । एमाले प्यूठानले एकल सिफारिस गरी उम्मेदवार बनाएपछि थापाको चुनावी रौनकले जिल्लामा बेग्लै उत्साह जगाएको छ । जिल्लाका नौ स्थानीय तहका ६४ वटा वडाहरुमध्ये  ६० वटा वडाहरुमा पुगेर मतदातासँग भेटघाट, घरदैलो र चुनावी सभाहरु सकिएका छन् ।

तपाईंको उम्मेदवारी के का लागि ?

प्यूठान जिल्ला चेतना, जागरण र राजनीतिक परिवेशका हिसावले देशकै अग्रणी र सचेत जिल्लाहरुमध्ये पर्दछ । तर, लामो समयदेखि यहाँको कम्युनिष्ट आन्दोलन गलत नीति र सिद्धान्तहीन बाटोका कारण दिग्भ्रमित जस्तो भइरहेको छ । करिब ७७ प्रतिशत कम्युनिष्ट जनमत हुँदाहुँदै आज जिल्लाको निर्णायक हैसियत कायम गर्न कम्युनिष्ट समूहहरुलाई कठिन परिरहेको छ । यस्तो अवस्थामा नेकपा (एमाले) को स्पष्ट नीति, दृष्टिकोण र संगठनात्मक सामथ्र्य सहित जिल्लाको नेतृत्व गर्ने उद्घोषका साथ मैले पार्टीको समग्र नेतृत्व विकासमा जोड दिएको छु । र, तदनुरुप नै पार्टी पंक्तिलाई क्रियाशिल र जनतालाई गोलबन्द गर्दै निर्वाचनको मैदानमा होमिएको छु । देशको सवैभन्दा ठूलो पार्टीको हैसियतमा नेकपा (एमाले) लाई जनतामा स्थापित गर्न र जनताको जनमत प्राप्त गर्न नै मेरो उम्मेदवारी हो ।

मतदाताले तपाईँलाई के प्रश्न गरिरहेका छन् ?

मतदाताले खास प्रश्न गरिरहेका छैनन् । आशा र विश्वासको नजरले हेरिरहेका छन् । खासगरी प्यूठानको अवस्थालाई मध्यनजर गरेर विकास र समृद्धिको नेतृत्व गर्न ठोस रुपमा योगदान गर्नुहोस् भनेर आर्शिवाद दिइरहेका छन् । जनताको आशा, विश्वास र भरोसा अत्यन्त प्रेरक रहेको छ । पटकपटक अरुलाई हेर्यौ, यसपटक तपाईलाई जिताएर पठाउँछौ भन्ने आम मतदाताको अभिमत मैले पाएको छु । मतदाताहरुले आफ्नो मतको सदुपयोग र फेरिएको प्यूठान हेर्न चाहेका छन् । हामी त्यसप्रति निकै संवेदनशील भएर मतदाताहरुको विश्वास जित्न लागेका छौँ ।

चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेण्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?

प्यूठानलाई राष्ट्यि राजनीतिको पहुँचमा जोड्ने र जिल्लाको अहिलेको अवस्थालाई बदल्ने हाम्रो प्रमुख एजेण्डा हो । करिब ३० वर्षदेखि रजगज गर्दै आइरहेको नेकपा मसालका कारण प्यूठान पछाडी परेको छ । यस अवस्थालाई अन्त्य गरेर हामीले योजनावद्ध विकासको ठोस प्रक्रिया थाल्ने र जिल्लालाई अरु छिमेकी जिल्ला सरह विकासको प्रक्रियामा अगाडि बढाउने एजेण्डालाई प्रखर ढंगले उठाएका छौँ ।
पूर्वाधार विकास र समृद्धिको यात्रालाई नेकपा (एमाले) ले मात्रै नेतृत्व गर्नसक्ने हुँदा हामीले यस अभियानमा समृद्ध प्यूठान, सुखी प्यूठानीको जनआकांक्षा अघि सारेका छौँ । यसको कार्यान्वयन नै हाम्रो जोडदार एजेण्डा हो । हामी धेरै ठूला ठूला कुरा गर्नेभन्दा पनि योजनाबद्ध, व्यवस्थित र महत्वपूर्ण साना साना कामहरु गर्दै आम जिल्लाबासीको हितमा योगदान गर्न चाहान्छौँ । प्यूठानलाई समृद्ध बनाउन हामीले लिखित ५१ बुँदे प्रतिवद्धताहरु पनि मतदाताका माझ पु¥याएका छौ । बदलिएको प्यूठान बनाउनका लागि जिल्लाबासीको माग, सल्लाह र सुझावबाटै हाम्रो विकासको यात्रा अघि बढ्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार