रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

रुपन्देहीको विकासमा दीर्घकालीन योजना ल्याएँ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शिक्षा, स्वास्थ्य, सडक, पुल, सिंचाई लगायत जिल्लाको समग्र बिकासका लागि आफूले बिगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको दावी गरेका छन् । उनले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणाली निमार्णमाको कम आफ्नै पहलमा भएको र यसले जिल्लाको सिंचाईमा फड्को मारेको जिकिर गरे ।

गठबन्धनद्वारा क्षेत्रका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले बेलहिया–बुटवल ब्यापारिक मार्ग, गौतमबुद्ध बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, देवदह– मणिग्राम–लुम्बिनी बुद्धसर्किट निमार्ण गरी बीचका बस्तीलाई गुल्जार बनाउनमा पनि आफूले महत्वपूुर्ण भूमिका खेलेको बताए ।

ब्यापारिक मार्ग बिस्तारको क्रममा अधुुरो रहेको काम पनि छिट्टै पुरा गर्ने उनले प्रतिबद्धता जनाए । भैरहवामा बिमानस्थल बनाउन र भैरहवामा बिषेश आर्थिक क्षेत्र (सेज) ल्याउनमा कांग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनको प्रशंसा समेत गरे । उनले रुपन्देही, भैरहवा क्षेत्रको बिकासमा आफू र स्वर्गीय ताम्राकारबीच सधै सहकार्य हुने गरेको पनि बताए ।

त्यस्तै देवदह–मणिग्राम– लुम्बिनी– तिलौराकोट– गोरुसिंगे, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै बेथरी– मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया– सूर्यपुरा, देवदह– मणिग्राम–फर्साटिकर– सूर्यपुरा– लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम स्तरोन्नती गर्न पनि पहल गरेको उनले बताएका छन् ।

त्यस्तै, आफुू शिक्षा राज्यमन्त्री हुँदा माध्यमिक शिक्षा सहयोग कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाका १५ वटा विद्यालयको भौतिक सुधार गरेको उल्लेख गर्दै उनले सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापना, पब्लिहवा कृषि क्याम्पसको स्तरोन्नती, दुधनाथ थारु यज्ञोदय बहुमुखी क्याम्पसको स्तर बृद्धि एवम् स्कुल बसको ब्यवस्थापन, खड्ग बनगाई माबि, भगलापुर माबि, मानपकडी जनता माबि, अमुवाको भौतिक बिस्तार एवम् शैक्षिक सुधार, नवरत्न माबि, सेमलार प्राविधिक धार स्थापना र सिसै माबि खड्ग बनगाई भवन निर्माण, जनता माबि र बिरेन्द्र माबि छपियामा भवन निर्माण जस्ता काम गरेको बताए ।

उनले अहिले पक्लिहवा माबिलाई बस खरिद, नवरत्न मावि बुटवलको खेलमैदान निमार्ण, जनता आधारभूत मायादेवीको भवन निमार्ण, त्रिवेणी आधारभूत विद्यालय सियारी गोठवामा खेलमैदान निर्माणको लागि पनि बजेट बिनियोजन भएको जानकारी दिए । बहिरा बाल विद्यालय भैरहवाको भवन निमार्ण, सियारीको मदनगन्ज आधारभूत विद्यालय स्तरोन्नती, तिलोत्तमा नगरपालिका टिकुलीगढमा दुर्गा वेदवेदङ्ग संस्कृत विद्यालय पूर्वाधार विकास, शुद्धोधन खजुरीया आधारभूत विद्यालय कक्षाकोठा निर्माण, शुद्धोधनकै वेलवा आधारभूत विद्यालय भौतिक पूर्वाधआरको लागि पनि बजेट बिनियोजन भएको बताए ।

यसै आर्थिक बर्षमा काम गर्ने गरी फर्साटिकर माबि, बनगाई माबि, जनचेतना आधारभूत विद्यालय, कोटही निमाबिको पर्खाल निर्माण तथा फुलबारी व्यवस्थापन, मैनहिया माबिको खाजा घर निर्माण बजेट बिनियोज भएको बताउँदै सियारीको दुर्गादेवी निमाबि र वेलहिया माविको भौतिक पूर्वाधार निर्माण भएको बताए ।

त्यस्तै सिचाई मन्त्री हुँदा जनताको तटबन्ध र स्यालो ट्युवबेल निर्माणको काम सुुरु गरेको बताउँदै उनले छतिस मौजा सिंचाई नहरको रिटेनिङ पर्खाल निर्माण, जिल्लाका बिभिन्न तालहरुको संरक्षण कार्य– बैठौलिया, कुन्जलापुर, सूर्यपुरा ताल संरक्षण, गडुवा ताल सिचाई योजना, चारतपाहा सिंचाई योजनाको मुहान निर्माण, मर्चवार लिफ्ट सिँचाई योजनाको थप कार्य, ईङगुरिया, कन्चन सिंचाई कार्य थालनी पनि आफ्नै पहलमा भएको बताए । रुपन्देहीलाई अझ बिकसित र समुन्त बनाउन आफूले थुुप्रै योजना ल्याएको र त्यसलाई साकार पार्न जनताको साथ जरुरी रहेको उनले जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार