विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

व्यवस्थित सहरी बिकासको नमुना सैनामैना बन्यो– नेता पौडेल

सैनामैना । नेकपा एमालेका उपाध्यक्ष, पूर्व अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधि सभा उम्मेदवार विष्णुप्रसाद पौडेलले एकीकृत व्यवस्थित सहरी बिकासको नमुना सैनामैनाले पेश गर्न तर्फ अगाडि बढेको बताएका छन् ।

लामिरहको थप व्यवस्थापन, बुद्ध कालिन ऐतिहासिक सैनामैनाको निर्माण र प्रचारप्रसार गर्ने, बोलबम धामको बिस्तृत योजना सहित अगाडि बढाउने, ५७ किलोमिटर लामो रहेको चक्रपथले यस क्षेत्रको बिकासको कोसेढुङ्गा साबित हुने बताउँदै पौडेलले एकीकृत व्यवस्थित सहरी बिकासको नमुना सैनामैनाले पेश गर्ने बताए ।

बुटवल – गोरुसिङ्गे- चन्दौटा सिक्सल्यनको सडकले सैनामैनालाई थप समृद्धिमा जोड्ने पौडेलको भनाइ छ । पौडेलले एमालेको नेतृत्वमा सुकुम्बासी समस्या समाधान हुने बताएका छन् ।

सोमबार सैनामैना १ र २ का विभिन्न चुनावी सभा लाई सम्बोधन गर्न पुगेका पौडेलले बिगतको केपी ओलीको नेतृत्वको सरकारले गर्न खोजेको सुकुम्बासी समस्या समाधान गर्ने काम रोकिएको र अब समस्या समाधान गर्ने बताउँदै पौडेलले भने -“भूमिहीन, अव्यवस्थित बसोवासी, सुकुम्बासीको समस्या समाधान गर्ने एमाले हो, हिजो एमालेकै नेतृत्वमा काम भयो अब बाँकी सुकुम्बासी समस्या समाधान गर्ने काम एमालेले गर्छ ।”

यसैबीच सैनामैनाका तरुण दल क्षेत्रीय सदस्य सुरेश पुन , तरुण दल सैनामैना नगर सदस्यहरु राकेश गुरुङ , सागर अर्याल , चुरामणि बस्याल , रोनाल्ड थापा नेपाली कङ्ग्रेस सक्रिय सदस्य कृष्ण के सि ,भरत कुँवर, आरिफ हुसेन, इलताब हुसेन, घनश्याम पाण्डे, माओवादी केन्द्र बाट राज कुमार चौधरी, बिनोद नेपाली, चम्पा दंगोरीया, सुमन दंगोरीया, राधेश्याम दंगोरीया, गीता चौधरी, रीता दंगोरीया, रजिया दंगोरीया, दिपेन्द्र थारु लगायत युवाहरु एमाले प्रवेश गरेका छन् ।

साथै राजन दङ्गोरीया थारु, बिरेन्द्र थारु,कमइ थारु, अभिषेक थापा, कुमार वि क, गौरव बेलबासे, धन नारायण चौधरी, खिम थापा लगायत एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीमा विष्णुप्रसाद पौडेल, भोजप्रसाद श्रेष्ठ, गोमा आचार्य लगायतले स्वागत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित