रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्छ’

  • `
  • भैरहवा ।
    राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । उनले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकोले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्नेमा जोड दिए ।
    नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता थापाले पाँच वर्षसम्म स्थिर सरकार चलाउन तीनदलीय तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
    संयुक्त निर्वाचन परिचालन प्रचारप्रसार समिति क्षेत्र नम्बर ३ (१), रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘तीनदलबाट प्रधानमन्त्रीको उम्मेदवार केपी ओली हुनुहुन्छ तर पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो थाहा छैन, आलोपालो प्रधानमन्त्रीको कुरा आइरहेको छ तर जनतालाई स्थिर सरकार आवश्यक छ ।’ उनले वर्तमान गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरिरहेको बताए । उनले भने, ‘प्रहरी प्रशासन सबैको हो, प्रहरी प्रशासन कुनै एउटा पार्टी, व्यक्तिको हुँदैन । ’राज्यले सामाजिक संघ–संस्थालाई सहयोग र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । विकासप्रेमी नेता तथा राप्रपा वरिष्ठ नेता दीपक बोहरा जनताको हृदयमा बस्न सफल नेता भएको उनले बताए ।
    त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन् । उनले जनताले आफूलाई एकपटक अवसर दिए काम गरेर देखाउने दावी गरे । नेता यादवले आफूले अहिलेसम्म अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गरेको बताए । उनले भने, ‘म आग्रह गर्न चाहन्छु, एकपटक मलाई अवसर दिनुस्, एकआपसमा मिलेर यस क्षेत्रको विकासका लागि अघि बढौं ।’ उनले यस क्षेत्रको विकासका लागि आफूले काम गर्न नसके पुनः उम्मेदवारी नदिने र भोट माग्न पनि नआउने बताए । जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले आदर्शको राजनीति गर्नुपर्ने बताए । झुटो आश्वासन दिएर काम नगर्ने नेताहरुको पहिचान गर्ने बेला आएको उनको भनाइ थियो । उनले आफूसहित प्रतिनिधिसभा सदस्यमा विकासप्रेमी नेता दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (२) मा तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।

    राप्रपा केन्द्रीय सुशासन विभागका सदस्य सिए शिवहरि शर्माले राज्यलाई कर तिरेपछि राज्यबाट समान सेवा सुविधा राज्यबाट पाउनुपर्ने बताए ।
    इनरह्वील क्लब अफ लुम्बिनीकी निवर्तमान अध्यक्ष मीना नेपाल पन्थीले युवालाई विदेश जानबाट रोकी स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताइन् । उनले यस क्षेत्रको पर्यटनको विकासमा ध्यान दिन उम्मेदवारहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘लुम्बिनीका होटल पूर्ण रुपमा सञ्चालनमा ल्याउन यहाँहरुले भूमिका निर्वाह गर्नुहोस्, मैले आग्रह गर्न चाहन्छु ।’
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले अर्घाखाँचीमा आफू अध्ययन गर्दा त्यहाँ पनि दीपक बोहराको चर्चा सुनेको बताए । उनले भने, ‘धेरै वर्षदेखि दीपक बोहराको नाम सुन्दै आएको छु, अझ यो मञ्चमा बोहराजीको अगाडि बोल्न पाउँदा गर्वको अनुभुति भएको छ । ’ अहिले टोलटोल गाउँघरमा दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई जिताउने चर्चा चलिरहेको उनको भनाइ छ ।
    राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको अध्यक्षता, शिवहरि शर्माको स्वागत तथा एमाले नेता उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार