बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

सरकारमा रहँदा कहिल्यै जनताको शिर निहुरिन नदिई काम गरे–नेता गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्वमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफुले जनताको सेवक बनेर काम गरेको बताएका छन् । प्रदेश सभामा निर्वाचित भएपछि आफु जनताको सेवक बनेर काम गरेको र त्यो बीचमा जनताको शिर निहुरिन नदिने गरी सरकारमा रहेर जनताको काम गरेको उनले बताए ।

रुपन्देही क्षेत्र नं. २ (१) का एमाले उम्मेदवार समेत रहेका नेता गिरीले सरकारमा रहँदा सडक पुर्वधार, पर्यटन, धार्मिक पर्यटन, मठमन्दिर, बन तथा बातावरणको क्षेत्रमा प्रसस्त योजनाहरु छनोट गरेर काम अघि बढाएको स्मरण गर्दै उनले काम गर्दै गर्दा कहिल्यै पनि आफुले आफ्नो स्वार्थ नहेरेको बताए ।

आज बुटवल वडा नं. १० मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले आफु सरकारमा रहँदा अघि बढाएका कतिपय पुर्वधार, पर्यटन प्रबद्र्धनका योजनाहरु गठबन्धनको सरकारबाट कटौती गरिएको समेत बताए । त्यी कटौती योजनाहरुलाई पूर्ण कार्यान्वयनका साथै नयाँ नयाँ योजनाहरुको निर्माण गरेर प्रदेशलाई समृद्ध बनाउन आफु निर्वाचिनमा होमिएको बताउंदै नेता गिरीले आफुलाई मतदात गर्न सवैलाई आग्रह समेत गरे ।

एमालेले प्रदेश सरकार सञ्चालन गर्दा चुस्त, आर्थिक मितव्यीता, पारदर्शी, शुन्य भ्रष्टचार नीतिलाई अंगिकार गरेपनि गठबन्धन सरकार बनेपछि प्रदेशमा भ्रष्टचार र आर्थिक अपारदर्शीता बढेको बताए ।

घरदैलोमा हिडेका गिरीलाई बुटवल १० का मतदाताले सडक, नाली व्यवस्थापन, चौराह देखि योगिकुटी सम्मको विद्युत लाईन व्यवस्थापन, खेलमैदानको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । नेता गिरीले आफु निर्वाचित भएपछि जनता संग गरेका सवै प्रतिबद्धता अक्षरस कार्यान्वयन गर्न प्रतिबद्ध गरेको बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार