बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग समिट ईङलिस बोडिङको ३२ औं बार्षिक उत्सव सम्पन्न                
समाचार :

सरकारमा रहँदा कहिल्यै जनताको शिर निहुरिन नदिई काम गरे–नेता गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्वमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफुले जनताको सेवक बनेर काम गरेको बताएका छन् । प्रदेश सभामा निर्वाचित भएपछि आफु जनताको सेवक बनेर काम गरेको र त्यो बीचमा जनताको शिर निहुरिन नदिने गरी सरकारमा रहेर जनताको काम गरेको उनले बताए ।

रुपन्देही क्षेत्र नं. २ (१) का एमाले उम्मेदवार समेत रहेका नेता गिरीले सरकारमा रहँदा सडक पुर्वधार, पर्यटन, धार्मिक पर्यटन, मठमन्दिर, बन तथा बातावरणको क्षेत्रमा प्रसस्त योजनाहरु छनोट गरेर काम अघि बढाएको स्मरण गर्दै उनले काम गर्दै गर्दा कहिल्यै पनि आफुले आफ्नो स्वार्थ नहेरेको बताए ।

आज बुटवल वडा नं. १० मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले आफु सरकारमा रहँदा अघि बढाएका कतिपय पुर्वधार, पर्यटन प्रबद्र्धनका योजनाहरु गठबन्धनको सरकारबाट कटौती गरिएको समेत बताए । त्यी कटौती योजनाहरुलाई पूर्ण कार्यान्वयनका साथै नयाँ नयाँ योजनाहरुको निर्माण गरेर प्रदेशलाई समृद्ध बनाउन आफु निर्वाचिनमा होमिएको बताउंदै नेता गिरीले आफुलाई मतदात गर्न सवैलाई आग्रह समेत गरे ।

एमालेले प्रदेश सरकार सञ्चालन गर्दा चुस्त, आर्थिक मितव्यीता, पारदर्शी, शुन्य भ्रष्टचार नीतिलाई अंगिकार गरेपनि गठबन्धन सरकार बनेपछि प्रदेशमा भ्रष्टचार र आर्थिक अपारदर्शीता बढेको बताए ।

घरदैलोमा हिडेका गिरीलाई बुटवल १० का मतदाताले सडक, नाली व्यवस्थापन, चौराह देखि योगिकुटी सम्मको विद्युत लाईन व्यवस्थापन, खेलमैदानको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । नेता गिरीले आफु निर्वाचित भएपछि जनता संग गरेका सवै प्रतिबद्धता अक्षरस कार्यान्वयन गर्न प्रतिबद्ध गरेको बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित