रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

गुल्मी–१ मा यस्तो छ चुनावी गतिविधि, प्रदीप र चन्द्र भण्डारीमध्ये को बलियो ?

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन् ।

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा (ख) मा ६१ हजार सात सय नौ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो ।

रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो । छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

यहाँ ५० वडा छन् । तेइस वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए । सत्ता गठबन्धनका २७ रनेकपा एमालेका २३ छन् ।

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा कांग्रेससहितको गठबन्धनको ३८ हजार सात सय ६२ मत छ । एमालेसहितको गठबन्धनको ३५ हजार आठ सय ८५ छ । जसमा एमालेभन्दा कांग्रेस गठबन्धन दुई हजार आठ सय ७७मतले अगाडि छ ।

यहाँ मुख्य कांग्रेसका डा चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ ।

वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेसका भण्डारीलाई निकै सहज छ । ठूलो दल कांग्रेसबाट भण्डारी उम्मेदवार रहेकाले माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले भण्डारीकै पक्षमा मत खसाल्न सहज छ तर एमालेले जित निकाल्नका लागि सत्तारुढ गठबन्धनको मत तान्न सक्नुपर्छ ।

जुन सम्भव नहुन पनि सक्छ । अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर सहज जित निकालेका ज्ञवालीलाई अहिले माओवादी–कांग्रेससँगै रहेकाले अझ बढी चुनौती छ ।

यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको १८ हजार दुई सय ९५ मत छ । एमाले र राप्रपा गठबन्धनको १६ हजार पाँच सय ५४ छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको सत्तारुढ गठबन्धन एक हजार सात सय ४१ मतले अगाडि छ । यहाँ मुख्य गरी माओेवादीका सुदर्शन बलाल र एमाले चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

यसमा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु क्षेत्रका २, ५ र छ वडा पर्दछन् । यहाँ २६ वडा छन् । एमालेबाट १२ निर्वाचित वडाध्यक्ष छन् । कांग्रेसबाट निर्वाचित नौ छन् । माओवादीबाट तीन वडाध्यक्ष छन् । जनमोर्चाबाट एकर स्वतन्त्र एक छन् । यहाँ एक स्वतन्त्र वडाध्यक्ष कांग्रेसमै रहेकाले सत्तारुढ गठबन्धनका १४ र एमालेका १२ वडाध्यक्ष छन् ।

यहाँ माओवादी केन्द्रका बलाललाई सहज जित निकाल्न वडाध्यक्षले पाएको मत कायम राख्नुपर्ने चुनौती छ । कांग्रेसको पूर्ण साथसमेत आवश्यक छ । एमालेका पाण्डेलाई जित निकाल्न चुनौती छ । आफ्नो जितका लागि दलको मत सुरक्षित गर्दै गठबन्धनको मत पनि तान्न आवश्यक छ । जुन उनका लागि चुनौती बन्न सक्छ ।

यस क्षेत्रको प्रदेशसभा (२) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको २० हजार चार सय ६७ मत छ ।

एमाले र राप्रपा गठबन्धनको १९ हजार तीन सय ३१ छ । जसमा एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक हजार एक सय ३६ मतले अगाडि छ । यहाँ मुख्य गरी सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

यसमा गुल्मीदरबार, छत्रकोट, रुरु क्षेत्रका १, ३ र ४ र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका आठ वडा पर्दछन् । यहाँ २४ वडा छन् । जसमध्ये कांग्रेसबाट निर्वाचित १३ वडाध्यक्ष छन् । एमालेबाट ११ छन् । यसरी हेर्दा यहाँ कांग्रससहितको गठबन्धनका १३ र एमालेसहितको गठबन्धनका ११ वडाध्यक्ष छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसका कार्कीलाई जित निकाल्न सहज छ । उनलाई उक्त मत जोगाउन आवश्यक छ । प्रतिस्पर्धी पाण्डेले जितका लागि वडाध्यक्षमा पाएको मत सुरक्षित राखेर सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ ।

आधारभूत आवश्यकताको माग

यहाँका नागरिकले अझै पनि आधारभूत कुराको माग गरिरहेका छन् । छत्रकोट–४ का विष्णुप्रसाद न्यौपानेले आफूहरूलाई अझै पनि बिजुली, खानेपानी र सडकको आवश्यक रहेको बताए। “हामीलाई अझै पनि आधारभूत कुरानै आवश्यक छ”, अर्का स्थानीय तारापति ज्ञवालीले भने । चन्द्रकोट–८ का रामबहादुर थापाले आफूहरूलाई सहज सडक चाहिएको बताए ।

पूर्वाधार नै मुख्य एजेण्डा

यहाँबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले पूर्वाधार मुख्य एजेण्डा रहेको बताए । कांग्रेसका भण्डारीले पूर्वाधारमा काम गर्ने बताए । उनले सालझण्डी–खज्र्याङ–तम्घास सडकखण्ड कालोपत्र गर्ने र प्रत्येक स्थानीय तहमा कृषि उद्योग खोल्ने मुख्य एजेण्डा लिएका छन् ।

एमालेका प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय राजनीति र जिल्लाको मुहार फेर्ने एजेण्डा रहेको बताए । उनले कालीगण्डकी करिडोर, मदनभण्डारी राजमार्ग र रुरु–रुद्रवेणी–वामीटक्सार सडकलाई व्यविस्थत गर्ने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीले निर्वाचनको तयारी अन्तिम चरणमा पु¥याएको छ । यस क्षेत्रमा एक लाख ३२ हजार मतपत्र आइपुगेको छ । जुन (१) मा ६६ र(२) मा ७० हजार आएको हो । कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार यहाँ एक सय ५० मतदान केन्द्र र ८१ मतदानस्थल छन् । जसमध्ये (१) मा ७५ र ४५ छन् । (२) मा ७५ र ३६ छन् ।

कार्यालयले प्रत्येक वडामा स्वमंसेविकामार्फत मतदाता शिक्षा दिएको भए पनि ग्रामीण भेगमा मतदाता शिक्षा नपाएको गुनासोे छ । निर्वाचन अनुगमन समिति गुल्मीका अधिकृत छविन्द्र बेल्वासेले आचारसंहितासम्बन्धी अनुगमन भइरहेको बताए । जनप्रतिनिधि र शिक्षकलाई मौखिकरूपमा स्पष्टीकरण लिइएको बेल्वासेले बताए । रासस

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार