विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्य

पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् ।

क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू आज ताहँुको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहे । मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले नेकपा एमाले जनताको पक्षमा बोल्ने पार्टीको रुपमा रहेको बताए ।

आचार्यले एमाले सरकारमा रहेको समयमा देशव्यापी राम्रो काम भएको र पाल्पामा पनि धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएको बताए । उनले ताहुँमा १५ शैयाको अस्पताल निर्माण कार्य जारी रहेको, प्रहरी चौकी ताहुँमा इन्स्पेक्टरको दरबन्दी रहने गरि स्तरोन्नति हुँदै गरेको बताए ।

देशका १ सय मुख्य पर्यटकीय गन्तव्यको रुपमा ऐतिहासिक रम्भादेवी मन्दिर रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा थप कार्यक्रमहरु अगाडि बढाइने आचार्यले बताए ।

‘रम्भादेवीसँगै रिमिघालेक र बाकुमगढीलाई पनि पर्यटन प्रवर्धन गरिनेछ । ताहुँमा वस्ती विकास योजना अगाढि बढाउने छौं’ आचार्यले भने ।

क्षेत्र नं. १(२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारुले आर्यभञ्ज्याङ रामपुर बाटो स्तरोन्नतीका लागि ठोस् पहल गर्नु आवश्यक रहेको र नेकपा एमालेको सरकार बनेलगत्तै यो कार्यलाई प्राथमिकता दिई अगाडि बढाइने बताए ।

सो अवसरमा एमाले पोलिट्व्युरो सदस्य दलबहादुर रानाले जनताको अमूल्य लिएर नेकपा एमालेले जनताकै पक्षमा काम गर्ने बताए ।

क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ रामपुर क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त छन ।

मतदाताहरुसँगको भेटघाटमा उनले जनताको अमुल्य मतको कदर गर्दै आफू सदैव जनताको सेवक बन्ने प्रतिबद्धता जनाए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित