कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्य

पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् ।

क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू आज ताहँुको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहे । मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले नेकपा एमाले जनताको पक्षमा बोल्ने पार्टीको रुपमा रहेको बताए ।

आचार्यले एमाले सरकारमा रहेको समयमा देशव्यापी राम्रो काम भएको र पाल्पामा पनि धेरै महत्वपूर्ण योजनाहरु सञ्चालन गरिएको बताए । उनले ताहुँमा १५ शैयाको अस्पताल निर्माण कार्य जारी रहेको, प्रहरी चौकी ताहुँमा इन्स्पेक्टरको दरबन्दी रहने गरि स्तरोन्नति हुँदै गरेको बताए ।

देशका १ सय मुख्य पर्यटकीय गन्तव्यको रुपमा ऐतिहासिक रम्भादेवी मन्दिर रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा थप कार्यक्रमहरु अगाडि बढाइने आचार्यले बताए ।

‘रम्भादेवीसँगै रिमिघालेक र बाकुमगढीलाई पनि पर्यटन प्रवर्धन गरिनेछ । ताहुँमा वस्ती विकास योजना अगाढि बढाउने छौं’ आचार्यले भने ।

क्षेत्र नं. १(२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारुले आर्यभञ्ज्याङ रामपुर बाटो स्तरोन्नतीका लागि ठोस् पहल गर्नु आवश्यक रहेको र नेकपा एमालेको सरकार बनेलगत्तै यो कार्यलाई प्राथमिकता दिई अगाडि बढाइने बताए ।

सो अवसरमा एमाले पोलिट्व्युरो सदस्य दलबहादुर रानाले जनताको अमूल्य लिएर नेकपा एमालेले जनताकै पक्षमा काम गर्ने बताए ।

क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ रामपुर क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त छन ।

मतदाताहरुसँगको भेटघाटमा उनले जनताको अमुल्य मतको कदर गर्दै आफू सदैव जनताको सेवक बन्ने प्रतिबद्धता जनाए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार