लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा ४ प्रदेशमा पानी पर्दै, आज कता-कता होला भारी वर्षा? बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार बुटवलमा एमाले कार्यकर्ताको हत्या प्रकरणः २ जना पक्राउ लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे २५ लाखको लगानीमा बुटवलमा खुल्यो म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू जगदम्बा स्टिलमा विद्युत प्राधिकरणले काट्यो लाइन होटल पौवा ग्रुप ‘मिसन १००’ को यात्रामा, सिन्धुलीमा १४ औं शाखा बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटक बढ्दै                
समाचार :

रुपन्देही–२ : घरदैलो अभियानमा व्यस्त विष्णु पौडेल, चुनाव कम विकासको चिन्ता बढी

बुटवल ।
रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेल चुनावी तयारीभन्दा यो क्षेत्रको विकासे योजनामा बढी केन्द्रीत भएका छन् ।

तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जन बढी बिकास योजना रुपन्देहीको मुहार फेर्ने परियोजनाहरु हुन् ।

लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडकलगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने परिकल्पना गरेका पूर्व अर्थमन्त्री विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।

आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिएका छन् ।

राजनीतिक भाषण र अरुको आलोचना कम, बिकास योजनाबारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्नेतर्फ गम्भीर देखिन्छन् ।

विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने गरेका पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुना मानकको रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउने गरेका छन् ।

बुधबार बुटवल उपमहानगरका वडा नम्बर ११ र वडा नम्बर ८ मा घरदैलो अभियानसहित पुगेका पौडेलले आफ्ना विकास योजनाहरु दोहोर्याउँदै ती योजना सफल पार्नका लागि राजनीतिक स्वार्थभन्दा माथी उठेर साझा मानसिकताले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको विकास नहुने कुरा स्पष्ट पार्दै पौडेलले विकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहनसमेत आग्रह गरे ।

विकासको नाममा कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै उनले बुटवलमा सुरु गरिएका विभिन्न विकास योजनाहरुमा राजनीतिक स्वार्थ साँधेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसँग सचेत रहन आग्रह गरे ।

जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउँदै उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागि विकास योजनाबारे छलफल गर्न आवश्यक रहेको बताए । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी विकास योजनाबारे चिन्ता हुने गरेको उनले बताए ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले सूर्यमा मतदान गरी अधुरा विकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई सुम्पिने विश्वास व्यक्त गर्दै मुलुकलाई अब समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए ।

मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान गठबन्धन दलले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको बताए ।

‘मुलुकलाई सही बाटोमा ल्याएर हिंडाउनका लागि नेकपा एमालेकै नेतृत्व आवश्यक छ ।’–पौडेलले भने मंसिर ४ पछि मुलुकको नेतृत्व एमालेले गर्छ । तपाईहरु ढुक्क भएर सूर्यमा मतदान गर्नुहोस् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार