भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

गुल्मीमा नेकपा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश

गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका नेताहरु सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाको कार्यपालिका सदस्य कमला घर्ती, नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सह-सचिब कमला परियार, पुर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सदस्य इन्दिरा मगर एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य गणेश खनाल र जिल्ला अध्यक्ष बालसिह काउछा लगायतका नेताहरूले स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्ने नेतृ घर्तिले अबको जनताको पार्टी एमाले भएकाले समाहित भएको बताइन् । उनले माओवादी केन्द्रले गैर कम्युनिस्टहरुसङ गठबन्धन गरेर सहिदको सपना कुल्चिदै ब्यक्तीगत स्वार्थमा लिप्त भएपछि पार्टी छोड्नुको अर्को विकल्प नभएको बताइन ।

पुर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजि थापेर हुर्काएको पार्टी र ब्याबस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रह गरे ।

प्रवेश गर्ने सबैले आगामी निर्वाचनमा एमाले दिएको निर्देशन र जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमालेमा आवद्ध भएका नेताहरूलाई स्वागत गर्दै एमाले अध्यक्ष बालसिह काउछाले एमाले विरुद्ध गरिएको घेराबन्दी तोडेर एमालेमा आवद्ध भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिएर अगाडी बढने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित