कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

स्वतन्त्रलाई जनताले पत्याउँदैनन्, कांग्रेस र माओवादीका मतदाताले पनि मलाई भोट दिन्छन्: छविलाल विश्वकर्मा

एमालेले टिकट नदिएपछि पार्टी नै छोडेर घनश्याम भुसाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिए । स्वतन्त्र उम्मेदवार बनेर भुसाल २८ वर्षदेखि चुनाव लड्दै रुपन्देही ३ छोडेर रुपन्देही १ मा फर्किए । रुपन्देही १ भुसालको पुरानो निर्वाचन क्षेत्र हो । भुसालसँग पुराना सहकर्मी एमाले सचिव छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले नेता-कार्यकर्ताको पनि साथ रहेको भुसालनिकट नेताहरूको दाबी छ । तर, विश्वकर्मा भने त्यसलाई अस्वीकार गर्छन् । विश्वकर्माले जनताको विश्वास आफूमाथि भएकाले चुनाव जित्ने दाबी गर्छन् । अहिले विश्वकर्मा र भुसाल दुवै मतदाताको घरदैलोमा पुगिरहेका छन् । र, दाबी गरिरहेका छन् – एकले अर्कालाई हराउने ।

रुपन्देही १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५ र ६ पर्छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावलाई हेर्ने हो भने एमाले अगाडि देखिन्छ । सत्तारुढ गठबन्धनका वडाध्यक्षहरूले पाएको मत ३८ हजार ७ सय ६९ छ भने एमाले, राप्रपा र जसपाले पाएको मत ५१ हजार ६ सय ४१ छ । पूर्वएमाले भएकाले भुसाललाई एमालेको मत जाने र गठबन्धनको साथ हुँदा जित्ने भुसालको दाबीले विश्वकर्मामाथि कत्तिको दबाब छ ? चुनाव जित्ने आधार के हुन्छ, कत्तिको सहज छ जित्ने ? लगायतका विषयमा केन्द्रित रहेर एमाले सचिव विश्वकर्मासँग गरेको कुराकानीको सम्पादित अंश:

घरदैलोमा हुनुहुन्छ, चुनावी माहौल कस्तो पाउनुभयो ? 

सबै मतदातालाई प्रत्यक्ष रूपमा भेट्ने प्रयत्न गरिरहेका छौँ । सकेसम्म सबै मतदातालाई घरमै गएर हाम्रा एजेन्डा सुनाउँछौँ । क्षेत्र नम्बर १ को निवर्तमान जनप्रतिनिधि भएकाले यसअघि भएका कामबारे जनतालाई जानकारी दिएका छौँ । विकासको आधारशीला बनाइएको छ । त्यसका आधारमा यी कामलाई निरन्तरता दिएर सफल बनाउने अभियानमा छौँ । जनतासँग आर्शीवाद मागेका छौँ, अहिलेसम्म एमालेको अवस्था बलियो छ।

कार्यकर्तामा आक्रोश पनि देखियो । केन्द्रबाट पार्टी भद्रगोल भएको हामीले के गर्न सक्छौँ भन्ने पनि भेटिए । त्यसको व्यवस्थापन गर्न के गरिरहनु भएको छ ?

कार्यकर्तामा कहाँ भद्रगोल देखिएको छ ? कार्यकर्ता र मतदातामा कुनै भद्रगोल छैन । एमाले एकताबद्ध भएर चुनावमा होमिएको छ । यहाँ चुनावी तालमेल पनि भएको छ । सशक्त ढंगले हामी चुनाव केन्द्रित काममा छौँ ।

हिजोको सहयात्री घनश्याम भुसाल अहिले तपाईंको प्रतिस्पर्धी हुनुहुन्छ । कत्तिको चुनौती छ ?

के को प्रतिस्पर्धी ? दलको विकल्प दल नै हो । कहाँ प्रतिस्पर्धी भन्नुहुन्छ ? दलका उम्मेदवार छैनन् । कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार छैनन् । कांग्रेस र माओवादीका सच्चा कार्यकर्ताले आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाउनुभएको छैन । उहाँहरूको पनि उम्मेदवार हुँ म । राजनीतिमा दलका प्रतिनिधिलाई मतदान गर्ने हो । गुण र दोषका आधारमा मतदान गर्ने हो । सूर्यको रापतापले अवसरमा पुग्ने र अन्तिममा धोका दिनेलाई जनताले चिनेका छैनन् र ? पार्टी आन्दोलनलाई धोका दिनेलाई जनताले भोट हाल्दैनन् ।

एमालेभित्रको असन्तुष्टिलाई क्यास गर्न सक्छौँ भन्ने भुसाल पक्षका नेता-कार्यकर्ताको दाबी छ । अवस्था त्यस्तै बनेको हो ? 

हिम्मत हुन्थ्यो भने भन्न सुहाउँछ । माओवादीको चुनाव चिह्न लिएर उठ्न सक्नु पर्दैन ? पुरानो एमाले हुँ भनेर मान्छेले पत्याउँछन् ? एमालेलाई धुलिसात पार्नलाई नेतृत्वको विपक्षमा जानेलाई जनताले विश्वास गर्दैनन् । शेरबहादुर देउवाको नेतृत्वमा समाजवाद आउँछ ? त्यही हो सोचेको ? विश्वास त्यही हो उहाँको ?

 

एमाले राष्ट्रियता र समृद्धिको अभियानमा छ । ढुक्क भए हुन्छ मतदातामा उत्साह छ । कहाँ-कहाँ केही छिद्र छ कि भनेर खोज्न थालियो अल्मलिन्छौँ । त्यसैले अलमलमा नपर्न सबै साथीहरूलाई आग्रह गर्छु । स्वतन्त्रलाई खोज्ने फुर्सद मतदातालाई छैन । कांग्रेसका प्रतिबद्ध मतदाताले रुख देख्दैनन्, माओवादीका मतदाताले हँसिया हथौडा देख्दैनन् । त्यसैले उनीहरू सबैले एमालेको चिह्न सूर्य रोज्छन् ।

घनश्याम भुसाल र तपाईंलाई एकअर्काको कमीकमजोरी राम्रोसँग थाहा छ । यसले चुनावी रणनीतिमा केही प्रभाव पार्ला नि हैन ?

एमालेमा हुँदा एमाले हो । आन्दोलनलाई धोका दिएर सूर्य चिह्नको अपमान गरेपछि कसैको करियर छैन । माधव नेपालले पनि १५ वर्षसम्म नेतृत्व गरेकै हुन्ग । अहिले उनी पार्टीमा छैनन्, अरु पनि नहुन सक्छन् । मंसिर ४ पछि अरु विषयमा छलफल गरौँला । अहिले यहाँ सूर्य चिह्न छ र दधिराम न्यौपाने प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । भुसालजी स्वतन्त्र हुनुभयो कि कसैको लहडमा आउनुभयो मंसिर ४ पछि हेरौँला ।

स्थानीय चुनावमा एमाले बलियो देखियो । तर, ब्यालेटमा त्यो देखिनेमा शंका गर्ने ठाउँ त कार्यकर्ताको गुनासोले दियो नि होइन ? 

यो क्षेत्रमा हामी १५ हजारभन्दा बढी मतले अगाडि छौँ । हामी अहिलेको कुरा गर्छौं । स्थानीय तहमा स्वतन्त्रले जिते पनि कार्यकारी हैसियत हुन्छ । संसदमा स्वतन्त्रको हैसियत के हुन्छ ? कानुन बनाउने, राष्ट्रियताको रक्षा गर्ने विषयमा उहाँको हैसियत देखिएको छैन ? उहाँले गल्ती गरिसक्नुभयो । यो मामिलामा टिप्पणी गर्नु राम्रो हुँदैन । मंसिर ४ पछि थप टिप्पणी गरौँला ।

एमालेले जनताले अघिल्लो पटक दिएको पाँच वर्षको म्यान्डेट खेर फाल्यो । अब पनि जनताले तपाईंहरूलाई किन पत्याउने ?

हो । सूर्य चिह्नबाट प्रतिनिधि हुने र आफ्नै सरकार ढाल्न विपक्षीसँग साँठगाँठ गरेर जनमतलाई खण्डित गर्ने काम भयो । जनमतको अपमान गर्ने काम भुसालजीहरूले नै गरेको होइन र ? त्यसकै कारण केपी ओलीको नेतृत्वको सरकारलाई पार्टीभित्र र बाहिरबाट टिक्न दिइएन । जनादेशको अपमान गरियो । हामी पहिल्यै जनतामाझ जान खोजेका थियौं । अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाइदियो । त्यसैले कांग्रेस नेतृत्वको गठबन्धनलाई हामीले परमादेशी गठबन्धन भनेको छौँ । जनादेशलाई शीरमा राखेर अघि बढ्ने हो । केपी ओलीको नेतृत्वमा बहुमतको सरकार बनाएर परमादेशी गठबन्धनलाई परास्त गर्छौं ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार