

रुनदही । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवदीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरु लिएर मत माग्न हिड्ने गरेकी छन् । मतदातालाई प्रभाव पार्ने उदेश्यले झाँक्रीले निर्वाचित जनप्रतिनिधी कै भरमा घरदैलो गर्ने गरेकी हुन् ।
उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबाट आश्वासन बाडने र निर्वाचन सकिएपछि सहयोग गर्ने बचन दिदै हिडने गरेकी हुन् । उनिसँग धुर्कोट, मदाने, मालिका, इस्माबाट निर्वाचित जनप्रतिनिधिहरु हिडने गरेका छन् ।
ती जनप्रतिनिधिहरुले आफुहरुलाई मत दिए बिभिन्न किसिमका सहयोग गर्ने आश्वासन बाडने गरेको पाइएको छ । निर्वाचनको लागि झाँक्रीका श्रीमान पनि गुल्मी आएका छन् ।
उनि सरकारी कर्मचारी हुन् । उनि पनि झाँक्री निर्वाचित भएपछि भनेको ठाउँमा सरुवा बढुवा गर्ने गरेका छन् ।
उनलाई निर्वाचन आचार संहिता बिपरित कार्य गरेको भन्दै उजूरी समेत परेको छ । झाँक्रीले निर्वाचनबाट अत्तालिएर सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरु लिएर हिडने गरेकी हुन् ।
उनको पार्टीले गुल्मी २ मा स्थानीयतह निर्वाचनमा ६५८ मत ल्याएको थियो ।