प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

नेत्रहिन युवा संघ रुपन्देही द्वारा मतदाता नमुना मतदान कार्यक्रम सम्पन्न

नेत्रहिन युवा संघ रुपन्देहीले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।सृजनशील अपाङ्ग केन्द्र र दम्कडा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार सृजनशील अपाङ्ग केन्द्रमा ४० जना अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा र दम्कडा माध्यमिक विद्यालयमा ६० जना अपाङ्गता भएका र नभएका मतदातालाई राखेर मतदाता शिक्षा सम्बन्धी सडक नाटक प्रदशन गर्दै बिधालयका विद्याथीहरुका विचमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको थियो ।

नमुना मतदान कार्यक्रम समन्वय गर्नु हुने दम्कडा माध्यमिक विद्यालयका शिक्षक किशोर आचार्यले यस्ता अभ्यासले विद्यार्थीहरुको सिकाइ अभिवृद्धि हुने र निर्वाचन प्रक्रियाका बारे समाजमा चेतना बढ्ने बताए ।

पहुचँयुक्त निर्वाचन प्रणालीका प्रमोटर सुस्मा हुमागाइले नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचनका लागि रुपन्देहीबाट बाहिर निस्केर ग्रामिण क्षेत्रमा मतदाता शिक्षा नमुना मतदान अभ्यास गराउने कार्य यश अघि अघि पनि रुपन्देही जिल्लामा सन्चालन गरेको बताए ।

नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचन परियोजना अन्तर्गत जिल्ला निर्बाचन कार्यालय.राजनैतिक दल समक्ष अपाङ्गता भएका ब्यक्तीहरुको राजनैतिक सहभागीको सवालमा ध्यानाकर्षण गराउने ,आयोगको सहयोगमा घरधुरी मतदाता शिक्षा कार्यक्रम गर्ने र २०७९ मंसिर ४ मा हुने निर्बाचनमा मतदान केन्द्र अपाङ्गता मैत्री भए नभएको पर्यवेक्षण समेत गर्ने बारे परियोजना प्रमुख लक्ष्मी पान्डे ले बताईन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित