तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेत्रहिन युवा संघ रुपन्देही द्वारा मतदाता नमुना मतदान कार्यक्रम सम्पन्न

नेत्रहिन युवा संघ रुपन्देहीले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।सृजनशील अपाङ्ग केन्द्र र दम्कडा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार सृजनशील अपाङ्ग केन्द्रमा ४० जना अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा र दम्कडा माध्यमिक विद्यालयमा ६० जना अपाङ्गता भएका र नभएका मतदातालाई राखेर मतदाता शिक्षा सम्बन्धी सडक नाटक प्रदशन गर्दै बिधालयका विद्याथीहरुका विचमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको थियो ।

नमुना मतदान कार्यक्रम समन्वय गर्नु हुने दम्कडा माध्यमिक विद्यालयका शिक्षक किशोर आचार्यले यस्ता अभ्यासले विद्यार्थीहरुको सिकाइ अभिवृद्धि हुने र निर्वाचन प्रक्रियाका बारे समाजमा चेतना बढ्ने बताए ।

पहुचँयुक्त निर्वाचन प्रणालीका प्रमोटर सुस्मा हुमागाइले नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचनका लागि रुपन्देहीबाट बाहिर निस्केर ग्रामिण क्षेत्रमा मतदाता शिक्षा नमुना मतदान अभ्यास गराउने कार्य यश अघि अघि पनि रुपन्देही जिल्लामा सन्चालन गरेको बताए ।

नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचन परियोजना अन्तर्गत जिल्ला निर्बाचन कार्यालय.राजनैतिक दल समक्ष अपाङ्गता भएका ब्यक्तीहरुको राजनैतिक सहभागीको सवालमा ध्यानाकर्षण गराउने ,आयोगको सहयोगमा घरधुरी मतदाता शिक्षा कार्यक्रम गर्ने र २०७९ मंसिर ४ मा हुने निर्बाचनमा मतदान केन्द्र अपाङ्गता मैत्री भए नभएको पर्यवेक्षण समेत गर्ने बारे परियोजना प्रमुख लक्ष्मी पान्डे ले बताईन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित