रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना                
समाचार :

सहज सहकारीको अध्यक्षमा अर्याल

बुटवल । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा विशाल बेल्वासे, उपाध्यक्ष कमल प्रकाश भुसाल, सचिवमा पार्वती न्यौपाने र कोषध्यक्षमा दीपेन्द्र धमला रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा गोपीलाल पौडेल, कृष्णकुमारी थापा, श्रीमाया श्रेष्ठ, होमप्रसाद खनाल, विष्णुमाया भण्डारी, दुर्गा प्रसाद देवकोटा रहेका छन ।


लेखा समुपरीवेक्षण समितिको संयोजकमा रामजी नेपाल र सदस्यद्वय अन्जु पौडेल र कृष्ण शर्मा रहेका छन् । त्यस्तै निर्वाचन समितिको संयोजकको भूमिका दिलिप रिजाल र सदस्यमा दिवाकर ढकाल र खडगबहादुर आचार्य रहेका थिए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारीहरुले बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमूल क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताए ।

उनले सहकारीलाई लगानीका क्षेत्रहरु विस्तार गर्न सुझाए । सहकारीमा १ हजार ५०० शेयर सदस्य रहेका छन । शेयर पूँजी १ करोड ४७ लाख १० हजार ७००, बचत ११ करोड ९८ लाख ६३ हजार ५१६ र कूल पूँजी १४ करोड ५९ लाख ६१ हजार ३०८ रहेको छ । सहकारीले तिलोत्तमामा आफ्नो सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ ।
सहकारीका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षता, उपाध्यक्ष विशाल बेल्वासेको स्वागत तथा सचिव कमल प्रकाश भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित