सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

उम्मेदवार घिमिरे मतदाताको घरदैलोमा

  • शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सरसफाईलाई प्राथमिकता
  • कञ्चन । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् ।

    यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ लगायत अन्य वडामा घरदैलो समेत गरिएको छ ।

    घरदैलोको क्रममा जनताको समस्या बुझ्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरे क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तिकरणका क्षेत्रमा रहेका तमाम समस्या हल गर्ने प्रतिबद्धता जनाए ।

    घरदैलोमा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु भुमिश्वर ढकाल, प्रदेश रामचन्द्र यादवको पनि सहभागिता रहेको थियो ।

    प्रतिनिधिसभाका एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार बासुदेव घिमिरे तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख हुन् ।

    तिलोत्तमा नगरपालिकाको पहिलो नगर प्रमुख हुँदा उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा नगरपालिका देशकैं नमूना नगरपालिका बन्न सफल भएको छ ।

    पाँच वर्षे कार्यकालमा बासुदेव घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भएका छन् ।

    तिलोत्तमा नगरपालिकाले सुरु गरेका गरेका कामहरु अन्य पालिकाहरुले समेत अनुसरण गर्दै गएका छन् ।

    उनको नेतृत्वमा भएका कामको कारण अचेल यहाँका बासिन्दाहरु तिलोत्तमाबासी हुन पाएकोमा गर्व गर्छन् ।

    बासुदेव घिमिरेको अगुवाईमा तिलोत्तमा नगरपालिकामा भएका कामले यहाँका विद्यालय, स्वास्थ्य संस्था, सडक, कृषि, खानेपानी, सरसफाईलगायतका सबै क्षेत्रमा देखिने प्रगति भएको छ ।

    एउटा असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि बन्दा सबै क्षेत्रमा परिवर्तन गर्न सकिन्छ भन्ने कुराको पुष्टि बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा देखाएका छन् ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित