अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

कांग्रेस लुम्बिनीको घोषणापत्र : रेल चलाउनेदेखि सुरुङमार्ग खन्ने सम्मका याेजना

रुपन्देही । सत्तारुढ नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार बुटवलमा कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो । प्रदेशका मुख्य शहरमा रेल चलाउने र सुरुङमार्ग खन्ने महत्वकांक्षी योजनासहित घोषणा पत्र सार्वजनिक गरिएको छ ।

घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामुहिक कार्यक्षेत्रमा ल्याउने र रोलमोडलका रुपमा विकास गर्ने, बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन पर्वद्धन गर्ने मुख्य लक्ष्य छ । लुम्बिनीलाई प्रदेशका अन्य पर्यटकीय क्षेत्रसँग जोड्ने र आसपासका अस्पतालहरुलाई बर्थिङ सेन्टरका रुपमा विकास गरी बौद्धमुलुकबाट प्रसुती गर्न आउनेलाई प्रोत्साहन गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा प्रदेशलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने भनिएको छ । शैक्षिक केन्द्रका रुपमा विकास भएका बुटवल, दाड. र नेपालगन्जमा शैक्षिक पूर्वाधार र गुणस्तर विकास गर्ने उल्लेख छ । प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने घोषणापत्रमा छ ।

यस्तै, कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धानसित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै, युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविश्कार केन्द्र स्थापना गर्ने भनिएको छ । एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवाहरुसंग जोड्ने उल्लेख छ ।

घोषणापत्रमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने भनिएको छ । अत्याबश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिसका विरामीलाई निःशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा संचालन गर्ने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति अमरसिंह पुनले संघलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिँदै घोषणापत्र तयार गरिएको बताए । निर्वाचनमा गठबन्धन बनेर गएपनि जितेपछि कांग्रेसले गर्ने काम घोषणापत्रमा आधारित हुने उनले जनाए ।

पूर्वाधारतर्फ प्रदेशका मुख्य शहर रुपन्देहीको बुटवल भैरहवा, दाङको तुलसीपुर घोराही र बांकेको नेपालगन्ज कोहलपुरमा रेल संचालन गर्ने उल्लेख छ । सिद्धबाबा माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने योजना छ । यस्तै, कृषि र ऊर्जाका लागि नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय अयोजना अगाडि बढाइने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित