रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

समानुपातिक प्रतिनिधित्व संविधानमा लेखाउने विनोद पहाडी चुनावी मैदानमा

बुटवल । यतिखेर राजनीतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार चुनावी अभियानमा छन । फरक पृष्ठभूमि र दल अनी स्वतन्त्र उम्मेद्वार घरदैलौमा पुगेका छन् ।

सबैले विकास र समृद्धिको नारा लगाउँदै हिडेका पनि छन । तर, यहि भिडमा एकजना पात्र रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ को १ मा दैनिक चुनावी अभियानमा खटिएका छन् । ती पात्र हुन विनोद पहाडी ।

वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार पहाडी ति व्यक्ति हुन् जो समानुपातिक निर्वाचन प्रणालीलाई स्थापित गराउन अनशन बसेका थिए । ०६२÷६३ सालको जनआन्दोलनपछि समावेशिता र समानुपातिक निर्वाचन प्रणालीको बहस चर्किएको थियो ।

त्यहि विचमा २०६४ सालमा संविधानसभा सदस्य बनेका पहाडीले समानुपातिक निर्वाचन प्रणाली स्थापित गराउन र संविधानमा लेख्न अनशन बसेर दलहरुको ध्यानआर्कषण गराउन सफल भए ।

त्यहि समानुपातिक निर्वाचन प्रणालीका कारण महिला, दलित, अल्पसंख्यक तथा दलहरुको उपस्थितीको ग्यारेन्टी भएको छ । संविधान लेखनमा महत्वपूर्ण योगदान पु¥याएका तिनै पहाडी अहिले रुपन्देही क्षेत्र न. ५ को १ बाट प्रदेशसभा सदस्य पदमा उम्मेद्वार बनेका छन ।

संघीय संसदमा संविधानसभा सदस्यका रुपमा प्रवेश गरेका पहाडी प्रदेशसभाको उम्मेद्वार आफ्नै चाहना र रुचीले बनेको बताउँछन ।

‘हामीले ल्याएको संघीयतालाई जनतासँग अझै जोड्न सकेका छैनौं, त्यसैले अब प्रदेशसभा र प्रदेश सरकार बलियो बनाउन आवश्यक छ’ पहाडीले भने –‘यो पटक जनताको अभिमतले म प्रदेश बलियो बनाउन चाहन्छु ।’

उनले स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै प्रदेशले नै विकासमा नमूना काम गर्ने बताए । ‘म भूइँतहकै नागरिकको जीवनस्तर उकासेर दीगो विकास गर्नुपर्छ भन्ने पक्षमा छु, त्यसैका लागि मेरो उम्मेद्वारी हो’ उनले भने । उनले संघीयतालाई बलियो बनाउँदै जनताको आवश्यकता अनुसारकै विकास गर्ने गरि आफू मैदानमा उत्रेको बताए ।

नेकपा माओवादी केन्द्रबाट गठबन्धनबाट प्रदेशसभा ५ को १ तर्फ उम्मेद्वार बनेका पहाडीसँग एमालेका भूमिश्वर ढकाल प्रतिस्पर्धामा उत्रेका छन । ढकाल यसअघि २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्रदेश राजधानी सार्न तत्तकालीन मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गरेको आरोप लाग्ने गरेको छ ।

को हुन पहाडी

२०४६ सालको राजनैतिक परिवर्तनसँगै पहाडी पत्रकारितामा प्रवेश गरेका हुन ।

२०४४ सालमा अनेरास्ववियू छैठौंमा संगठित हुँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रुपमा रहेका छन । पहाडीले नेपाली समाजमा जरा गाडेर बसेको छुवाछुत विरुद्धको आन्दोलन र मानव अधिकारको बिषयमा वकालत गर्दै आएका छन ।

रुपन्देहीको विकासमा पत्रकारिताको माध्यमबाट निरन्तर क्रियाशिल पहाडीले यहाँको विकास दीगो बनाउने कुरामा निरन्तर लागिपरेका व्यक्ति हुन ।

२०४४ सालमा मेघालय शरणार्थीहरुको पक्षमा आन्दोलन गर्दा गिरफ्तार भई २७ दिनसम्म हिरासत बस्नुभएका पहाडीले नौ वामको राष्ट्रिवादी आन्दोलनमा सरिक भएको भन्दै  २०५० मा गिरफ्तार भई ७ दिन हिरासत बस्नुप¥यो ।  २०५२ सालमा जनयुद्ध प्रारम्भ भएपछि फागुनमै गिरफ्तार भई एकसातापछि हिरासतमुक्त भएका थिए ।

विस २०५३ देखि २०५८ सम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष, एक कार्यकाल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुभएका उहाँले समाज रुपान्तरण, उत्पीडित समुदायको मुद्धालाई प्राथमिकतामा राखे ।

विस २०२८ सालमा पाल्पाको भुवनपोखरीमा पहाडीको जन्म भएको हो । रामबहादुर नेपाली र आमा साभी नेपालीको कोखबाट जन्मनुभएका पहाडी संघर्षबाटै यहाँसम्म आइपुग्नुभएको हो ।

रुपन्देहीको सैनामैना, रुद्रपुर, सालझन्डी क्षेत्रमा सामाजिक र राजनैतिक अभियानमा २०४६ सालको परिवर्तनसँगै होमिएका हुन ।  संविधानसभा सदस्य भएको पहाडीले नै बादी विकास बोर्ड, राष्ट्रिय मुस्लिम आयोग गठन गरिनुपर्ने मुद्धा उठाएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार