घोषणापत्रमा आएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध छ – पूर्वमन्त्री श्रेष्ठ

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले घोषणापत्र मार्फत नेकपा एमालेले ल्याएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध भएको बताएका छन् । बिकास, परिवर्तनको योजना र काम अनुसार नमुना पेश गर्न एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।”२०५४ सालको एमाले सरकारको योजनाको ट्याकमा बुटवल अगाडि बढेको जुन देशमै योजनाबद्ध बिकास गर्ने नमुना बनेको छ।” – श्रेष्ठले भने ।

बिहीबार बुटवल २ का विभिन्न टोलका मतदाता तथा सैनामैना ३ को महिला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्न एमाले प्रतिबद्ध रहेको बताउँदै उनले भने -“हिजो काम गरेको अनुभवका आधारमा एमालेले नै सुकुम्बासी समस्या समाधान गर्ने जिम्मेवारी पूरा गर्छ ।”

उनले जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, गर्न हरेक निकाय संग समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न नेकपा एमालेको नेतृत्वमा आफू सधैं तयार रहेको बताए ।

गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकार प्रति बितृष्णा रहेको बताउँदै श्रेष्ठले प्रदेश सरकार चुस्त कम खर्चिलो बनाउने बताए । उनले तिनाउ- दानव करिडोर प्रभावित समुदायको सहि व्यवस्थापन गर्ने बताए ।

जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

यसैबीच सैनामैना ३ मा बसन्ता रेग्मीको नेतृत्वमा ५५१ सदस्यीय निर्वाचन केन्द्रित महिला परिचालन कमिटी गठन भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार