रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न प्रमुख पाण्डेयद्वारा स्वास्थ्यकर्मीलाई निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।
पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिए ।
उनले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताए ।
‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न, उनले भने–अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं, आगामी दिनमा हाम्रा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुनेछ र थप अस्पतालहरु बन्नेछन्, यसले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउनेछ ।’
उनले बुटवलमा विशिष्टीकृत अस्पताल स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य भइरहेको बताउँदै छिटै नै बुटवल स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बन्ने बताए ।
नगर प्रमुख पाण्डेयले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको कार्यक्रमबारे विज्ञहरुसँग परामर्श भइरहेको र छिटै नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने भएकाले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताईन । उनले बुटवलमा स्वास्थ्य उपचार प्रभावकारी बनाउनका लागि क्रियाशील हुनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन ।
कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताए ।
पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुने शिक्षा तथा जनस्वास्थ्य महाशाखाकी कमला भुसालले दिईन ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार