बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

‘खोली तारी देउन माझी दाइ’लाई करोड भ्युज, शान्तीश्रीजीको मेहनत सम्झिरहेको छु : खेम सेञ्चुरी

गायिका शान्तीश्री परियारको स्वर रहेको ‘खोली तारी देउन माझी दाइ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतमा शान्तीश्रीको एकल स्वर छ । शिव विकको निर्देशनमा तयार भिडियोमा खेम सेञ्चुरी र गीता ढुंगानाको अभिनय छ ।

करोड क्लबमा प्रवेश गरेसँगै गीतका संगीतकार एवं मोडल खेम सेञ्चुरीले फेसबुकमा खुशी साटेका छन् । उनले गायिका शान्तीश्रीको मेहनतलाई यतिबेला सम्झिरहेको बताएका छन् । उनी लेख्छन्, ‘माझी दाई करोड क्लबमा प्रवेश ।

शान्तीश्रीजीको त्यो मेहनत दुःख कष्ट सम्झिरहेको छु ।

नेत्र अर्याल दाइको यो मिठा–मिठा शब्दहरू, भन्नै नसकिने तपाईं सम्पूर्ण संगीतप्रेमीहरूको माया प्रेम, अनि साँच्चिकै यो तिज, दशैं तिहारमा जताततै मज्जाले सुन्न पाइयो ।’
गायिका शान्तीश्रीका यसअघि थुप्रै गीत करोड क्लबमा प्रवेश गरेका छन् । खेमका पनि एकपछि अर्को गीतले करोड भ्युज पाइरहेका छन् । लोकदोहोरी गीत लेखनमा नेत्र अर्यालले एकपछि अर्को सफलता पाइरहेका छन् ।

अजय रेग्मीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको गीत दुई महिनाअघि शान्तीश्री परियारको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको थियो । दुई महिनाको छोटो समयमै गीतले करोड भ्युज पाएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित