मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

‘खोली तारी देउन माझी दाइ’लाई करोड भ्युज, शान्तीश्रीजीको मेहनत सम्झिरहेको छु : खेम सेञ्चुरी

गायिका शान्तीश्री परियारको स्वर रहेको ‘खोली तारी देउन माझी दाइ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतमा शान्तीश्रीको एकल स्वर छ । शिव विकको निर्देशनमा तयार भिडियोमा खेम सेञ्चुरी र गीता ढुंगानाको अभिनय छ ।

करोड क्लबमा प्रवेश गरेसँगै गीतका संगीतकार एवं मोडल खेम सेञ्चुरीले फेसबुकमा खुशी साटेका छन् । उनले गायिका शान्तीश्रीको मेहनतलाई यतिबेला सम्झिरहेको बताएका छन् । उनी लेख्छन्, ‘माझी दाई करोड क्लबमा प्रवेश ।

शान्तीश्रीजीको त्यो मेहनत दुःख कष्ट सम्झिरहेको छु ।

नेत्र अर्याल दाइको यो मिठा–मिठा शब्दहरू, भन्नै नसकिने तपाईं सम्पूर्ण संगीतप्रेमीहरूको माया प्रेम, अनि साँच्चिकै यो तिज, दशैं तिहारमा जताततै मज्जाले सुन्न पाइयो ।’
गायिका शान्तीश्रीका यसअघि थुप्रै गीत करोड क्लबमा प्रवेश गरेका छन् । खेमका पनि एकपछि अर्को गीतले करोड भ्युज पाइरहेका छन् । लोकदोहोरी गीत लेखनमा नेत्र अर्यालले एकपछि अर्को सफलता पाइरहेका छन् ।

अजय रेग्मीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको गीत दुई महिनाअघि शान्तीश्री परियारको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको थियो । दुई महिनाको छोटो समयमै गीतले करोड भ्युज पाएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित