विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।

पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर्ष भए पनि एमालेको साथ पाएर सशक्त दाबेदारका रूपमा देखिएका छन् । यस क्षेत्रमा कांग्रेसका बालकृष्ण खाँण पनि बलिया उम्मेदवार हुन् ।
०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा बोहोराले एमालेका घनश्याम भुसालसँग प्रतिस्पर्धा गरेका थिए । तत्कालीन वाम गठबन्धनका उम्मेदवार भुसालसँग बोहोरा ५ हजार ४४४ मतान्तरले पराजित भएका थिए । अहिले भने कांग्रेससँगै बोहोराको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यसर्थ सकस छ खाँणलाई

यो निर्वाचन क्षेत्रमा राप्रपाको राम्रो प्रभाव छ । अर्कोतिर जनमतमा एमाले पनि सशक्त पार्टीका रूपमा स्थापित छ । त्यसैले एमाले र राप्रपाबीचको तालमेल कांग्रेसका उम्मेदवार खाँणका लागि चुनौतीपूर्ण देखिन्छ ।

अर्कोतर्फ यहाँ नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र शेखर कोइराला पक्ष गरी दुई गुट सक्रिय छन् । रुपन्देहीको महाधिवेशनमा अघिल्लो वर्ष यी दुई गुटबीच कुटाकुट नै भएको थियो । कांग्रेसभित्रको गुटबन्दीका कारण खाँणलाई थप चुनौती देखिन्छ ।

त्यस्तै तिलोत्तमामा आफ्नै भाइ रामकृष्ण खाँणलाई मेयर बनाएकोप्रति कतिपय नेता कार्यकर्ता कांग्रेस नेता बालकृष्ण खाँणप्रति रुष्ट बनेका छन् । उनीमाथि नातावादको आरोप लाग्ने गरेको छ ।

बोहोरालाई पनि छ चुनौती

नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका बोहोरालाई एमालेको एक हिस्साले भोट नहाल्न सक्छ । यसअघि चुनाव लडेका एमाले नेता भुसालले पार्टीबाट यसपटक टिकट नपाएपछि भुसालका समर्थक केही नेता कार्यकर्ता पार्टी नेतृत्वप्रति रुष्ट बनेका छन् ।

यस क्षेत्रका अगुवा एमाले नेताहरू डा. राप्रसाद बस्याल, सुरेन्द्र उपाध्याय लगायत एउटा पङ्क्ति पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिएको छ । भुसाललाई टिकट नदिनकै लागि यो क्षेत्रमा राप्रपासँग तालमेल गरेको भन्दै उनीहरु रुष्ट भएका हुन् । यी रुष्ट नेताहरुले बोहोरालाई नसघाउन सक्छन् । जसका कारण बोहोरालाई पनि चुनाव जित्न निकै चुनौती देखिन्छ ।

यस्तो छ अंकगणित

रुपन्देही–३ मा कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारहरूले ३४ हजार १५३, एमालेका वडाध्यक्ष उम्मेदवारहरूले २९ हजार ४८ र राप्रपाका वडाध्यक्ष उम्मेदवारहरूले १३ हजार ३९७ मत पाएका छन् ।

यस्तै, जसपाका वडाध्यक्ष उम्मेदवारहरूले ६ हजार १८३, माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरूले दुई हजार ८८१, लोसपाका वडाध्यक्ष उम्मेदवारहरूले दुई हजार १७४ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूले ९७७ मत पाएका थिए ।

यो मतका आधारमा सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १६७ पुग्छ भने एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । तर, एमालेको असन्तुष्ट पक्षले अन्तरघात गरेको खण्डमा बोहोरालाई जित निकाल्न कठिन हुने देखिन्छ । किनकि, २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका घनश्याम भुसाल पछिल्लो समय एमालेबाट बाहिरिएका छन् । उनका समर्थकहरूले निर्वाह गर्ने भूमिकाले नै यो क्षेत्रको नतिजालाई प्रभाव पार्न सक्ने देखिन्छ ।

रुपन्देही क्षेत्र नं. ३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्दछ ।

रातोपाटी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित