तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राष्ट्रिय जनमोर्चाले रुपन्देही–२ मा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने

राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ ।

शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले समर्थन नहुने जनाएका छन् ।

वक्तव्यमा लेखिएको छ, ‘मिति २०७९ साल कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलबश हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित