मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

राष्ट्रिय जनमोर्चाले रुपन्देही–२ मा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने

राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ ।

शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले समर्थन नहुने जनाएका छन् ।

वक्तव्यमा लेखिएको छ, ‘मिति २०७९ साल कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलबश हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित