नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

हिमालय र नेपाल एयरलाइन्स भैरहवा नगए उडान कटौती हुने

  • भैरहवालाई गन्तव्य बनाएर उडान नगरे अब प्राधिकरणले यी दुई एयरलाइन्सको दैनिक उडान समेत कटौती गर्नेछ।
  • नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न पत्र पठाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका यी दुई एयरलाइन्सलाई भैरहवाबाट उडान गर्न प्राधिकरणले गत शुक्रबार नै पत्र पठाएको हो। हाल दुवै एयरलाइन्सले भैरहवाबाट उडानका लागि तयारी गरिरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    ‘नेपाल एयरलाइन्सले आफ्नो व्यवस्थापनका कारण केही समय लाग्छ भनेको छ,’ भुलले भने, ‘हिमालयलाई पनि भैरहवालाई हब बनाएर उडान गर्न भनेका छौं। त्यसका लागि प्राधिकरणले आवश्यक सहयोग गर्नेछ।’

    सूचना अधिकारी भुलका अनुसार भैरहवालाई गन्तव्य बनाएर उडान नगरे अब प्राधिकरणले यी दुई एयरलाइन्सको दैनिक उडान समेत कटौती गर्नेछ। यात्रुलाई मर्का नपर्ने गरी दैनिक कम्तीमा एउटा उडान भैरहवाबाट गर्न प्राधिकरणले पत्राचार गरेको उनले बताए।

    काठमाडौंबाट नौ वटा गन्तव्यमा उडान गरिरहेको हिमालय र दस गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट सबभन्दा पहिले उडान सुरू गर्ने उनले जानकारी दिए।

    हिमालयले भैरहवाबाट साउदीको रियादसम्म उडान गर्नेछ। नेपाल एयरलाइन्सले भने भैरहवाबाट दुबई हुँदै कतारको दोहासम्म उडान गर्नेछ।

    ‘अर्बौं लगानी गरेर विमानस्थल बनाएको छ। पाँच महिनासम्म एउटा मात्र (जजिरा) एयरलाइन्सले उडान गरिरहेको छ,’ उनले थपे, ‘नेपाली एयरलाइन्सले त्यहाँबाट उडान गरेपछि मात्र अन्तर्राष्ट्रिय एयरलाइन्स थपिन्छन्। त्यसैले पहिले यी दुई एयरलाइन्सलाई भैरहवा लैजान प्राधिकरणले अनुरोध गररिहेको छ।’

    योसँगै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आगामी पुस १ गते (डिसेम्बर १६) तारिखबाट अनिवार्य गर्ने सूचना अधिकारी भुलले बताए।

    यसअघि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एकभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सलाई यहि अक्टोबरपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्न भनेको थियो।

    आगामी अक्टोबर ३० बाट सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) मा भैरहवाबाट पनि अनिवार्य उडान राख्न प्राधिकरणले पत्र पठाएको थियो।

    ‘हामीले विन्टर सेड्युलका लागि भैरहवालाई पनि गन्तव्य बनाउन विदेशी वायुसेवालाई पत्र पठाएका थियौं,’ उनले भने, ‘तर चाडपर्व बिदाका कारण केही ढिलाइ भयो। डेढ महिनाको समय थपेका छौं।’

    उनका अनुसार नेपाल एयरलाइन्स र हिमालयले भैरहवाबाट उडान सुरू गरेसँगै अन्तर्राष्ट्रिय एयरलाइन्स एयर अरेबिया, फ्लाइ दुबई, कतार एयरवेजले पनि भैरहवाबाट उडान थाल्ने छन्। त्यसपछि बिस्तारै दैनिक एकभन्दा बढी उडान गर्ने अरू एयरलाइन्सलाई पनि प्राधिकरणले भैरहवामा उडान थाल्न सूचना पठाइसकेको छ।

    ‘गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पनि सबै वायुसेवा काठमाडौंमा सीमित भएर हुँदैन,’ सूचना अधिकारी भुलले भने, ‘भैरहवा जान नचाहनेलाई काठमाडौंबाट पनि थप उडान संख्या नबढाउने गरी भैरहवालाई फोकस गरिहेका छौं।’

    प्राधिकरणले हाल भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायत शुल्कमा एक वर्षसम्म छुट दिइएको हो।

    ‘भैरहवा विमानस्थलमा धेरैभन्दा धेरै वायुसेवा कम्पनी लैजाने हाम्रो लक्ष्य हो,’ भुलले भने।

    हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले सातामा तीन उडान गरिरहेको छ।

    जजिराले कुवेत—भैरहवाका लागि गत भदौमा उडान संख्या बढाएर दैनिक उडान थालेको थियो। तर यो गन्तव्यका लागि यात्रु नपाएको भन्दै गत असोज २५ गतेबाट जजिराले पुरानै तालिकाअनुसार उडान गरिरहेको छ। यस्तो अवस्थामा अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आउँदा नियमित उडानमा प्रभाव हुने देखिन्छ।

    प्राधिकरणका सूचना अधिकारी भुल भने यो समस्याका लागि सरकारी निकायबाटै काम भइरहेको बताउँछन्। जजिराले उडान तालिका घटाएपछि गत साता पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, कृषि मन्त्रालय र परराष्ट्र मन्त्रालय लगायत सरकारी निकायबीच विभिन्न विषयमा छलफल भएको थियो। छलफलपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गरी सम्बन्धित मन्त्रालयले गर्नुपर्ने काम समेत छुट्याइएको छ।

    जसअन्तर्गत नयाँ तथा व्यक्तिगत श्रम स्वीकृति, अभिमुखीकरण तालिम प्रदायक संस्था, बीमा, स्वास्थ्य परीक्षण लगायतका काम श्रम मन्त्रालयले तत्काल गर्नुपर्ने निर्णय भएको छ। त्यस्तै परराष्ट्र मन्त्रालयले भिसा सेन्टर र पासपोर्टको समस्या र कृषि तथा पशुपंछी विकास मन्त्रालयले क्वारेन्टाइनको व्यवस्था गर्नुपर्नेछ। हाल विमानस्थलमा क्वारेन्टाइनको सुविधा छैन।

    अन्तर्राष्ट्रय विमानस्थलमा कार्गो प्लान्ट, पशु तथा खाद्य क्वारेन्टाइनका लागि आवश्यक कार्यालय स्थापना गर्नुपर्नेछ। त्यस्तैगरी पर्यटन र परराष्ट्र मन्त्रालयले भारतीय हवाई क्षेत्रको साझा प्रयोग तथा दुईतर्फी हवाई रूटसम्बन्धी काम गर्ने निर्णय भएको छ।

    यस्तै नेपालमा आउने यात्रु कहिलेकाहीँ काठमाडौं आउनुपर्ने तर उडान डाइर्भट भएर भैरहवा पुग्यो भने यात्रुले त्यहाँबाट घर जान पाउने कि नपाउने; यस सम्बन्धमा पनि गृह मन्त्रालयले अध्यागमन विभागसँग काम गर्ने भन्ने निर्णय भएको सूचना अधिकारी भुलले बताए।

    विकाश पराजुली

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार