तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पाल्पामा फस्टायो ढाकाको व्यापार

विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । ‘पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।’ तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्की भन्छिन्, ‘बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।’

तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि ह्वात्तै बढेको छ । दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो ।

कोरोना सङ्क्रमण दर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो ।

पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका उपहारका सामान किन्नेको भीड बढेको छ ।

तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा यसको प्रयोग बढी हुने गर्दछ । तिहारको दिन दाजुभाइले दिदीबहिनीलाई ढाकाका सारी, पछ्यौरा, झोलालगायतका सामग्री उपहार दिने चलन रहेको तानसेन–२ का उमेश गैरे बताउँछन् ।

उनी भन्छन्, ‘ढाकाका सामग्री हेर्दा राम्रो र पाल्पाको पहिचान भएकाले अन्य सामग्रीको सट्टा तुलनामा बढी उपहार दिने गर्दछौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित