नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मुलुुकको करिब मध्ये भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरु रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाई छ ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने जनाए । ‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी बृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन’, गृहमन्त्री खाँणले भने, ‘चुनाव पछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई यात्रुु बाहकको साथै कार्गो सेन्टरको रुपमा बिकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए । ‘खाली यात्रुु ल्याउने लैजाने मात्र होइन्,’ गृहमन्त्री खाँणले भने, ‘गौतमबुद्ध बिमानस्थललाई कार्गो सेन्टरको रुपमा पनि बिकसित गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ पनि सरकार लागिरहेको छ । यो कामले छिट्टै पूर्णता पाउने छ ।’

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो खालको थोक बजार केन्द्र निमार्ण योजना पनि रुपन्देहीको सेमलारमा आएको उनले बताए । उक्त थोक बजार निमार्ण पश्चात यसक्षेत्रमा उत्पादित कृषिजन्य बस्तुु गौतमबुद्ध बिमानस्थल हुँदै बिदेश निर्यात गर्न सकिने पनि उनले जनाए । खाँणले बिदेबाट हवाई मार्ग हुँदै ल्याउनुु पर्ने मालसामान गौतमबुद्ध बिमानस्थल हुँदै ल्याउने र बिदेस निर्यात गर्ने सामान पनि यही बिमानस्थलबाट पठाउन वाताबरण सिर्जान हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।

अर्को प्रशंगमा उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँच दलीय गठबन्धन बनेको दावी गरे । ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ,’ उनले भने, संविधानको पालना गर्दै यहाँ भित्र भएका कमीकमजोरी संशोधन गर्न पनि निर्वाचन पछि गठबन्धनकै सरकार आवश्यक छ ।’

रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार सन्तोषकुमार पाण्डेयले जनभावनाअनुसार विकास र समृद्धि ल्याउन गठबन्धन जरुरी रहेको जनाए । उनले सिंगो रुपन्देहीलाई मुलुकको एक नम्बर विकसित जिल्ला बनाउन आफू र गृहमन्त्री बालकृष्ण खाँण मिलेर काम गर्ने प्रतिबद्धता जनाए । अवसरवादी, प्रतिगमनकारी र यसका मतियारलाई यसपटकको निर्वाचनमा दण्डित गर्नुपर्ने जनाउँदै पाण्डेयले गठबन्धनलाई जिताउन आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार