भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

पांच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट विज एयरले उडान सुरु गर्दै

बुटवल । संचालनमा आएको पांच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएको छ । यस अघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान गरेको यो विमानस्थलमा अक्टोबर ३० तारिखबाट अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने भएको हो । विजको यो उडान सुरु भएपछि अबुधाबीतर्फ श्रम र भ्रमणका लागि आउजाउ गर्ने नेपालीका लागि थप सहज हुने जनाइएको छ । कम्पनीले भैरहवा–अबुधाबी तर्फ दुईतर्फी उडान गर्ने स्वीकृति पाएको नागरिक उडयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यो कम्पनीले साताको तीनवटा उडान गर्ने स्वीकृति पाएको छ ।
जजिरा र विजको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल छ । अल्ट्रा लो कस्टु मानिएको यो वायुसेवाले एयरबसको ३२१ निओ सिरिजको जहाजमार्फत उडान सेवा दिनेछ । विजको १ सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । यो जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाज मध्ये हो ।
यो विमानस्थलमा श्रम र भ्रमणका लागि विदेशी मुलुक जाने यात्रु सहजताका लागि ट्राभल एजेन्सी म्यानपावर कम्पनीको आधिकारिक शाखा नभएका कारण पर्याप्त यात्रु माग आउन नसकेको विमानस्थलले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित