इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

पांच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट विज एयरले उडान सुरु गर्दै

बुटवल । संचालनमा आएको पांच महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएको छ । यस अघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान गरेको यो विमानस्थलमा अक्टोबर ३० तारिखबाट अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने भएको हो । विजको यो उडान सुरु भएपछि अबुधाबीतर्फ श्रम र भ्रमणका लागि आउजाउ गर्ने नेपालीका लागि थप सहज हुने जनाइएको छ । कम्पनीले भैरहवा–अबुधाबी तर्फ दुईतर्फी उडान गर्ने स्वीकृति पाएको नागरिक उडयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यो कम्पनीले साताको तीनवटा उडान गर्ने स्वीकृति पाएको छ ।
जजिरा र विजको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल छ । अल्ट्रा लो कस्टु मानिएको यो वायुसेवाले एयरबसको ३२१ निओ सिरिजको जहाजमार्फत उडान सेवा दिनेछ । विजको १ सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । यो जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाज मध्ये हो ।
यो विमानस्थलमा श्रम र भ्रमणका लागि विदेशी मुलुक जाने यात्रु सहजताका लागि ट्राभल एजेन्सी म्यानपावर कम्पनीको आधिकारिक शाखा नभएका कारण पर्याप्त यात्रु माग आउन नसकेको विमानस्थलले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार