भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

प्रसव पीडाबाट मुक्ति खोज्दै महिला: बच्चा जन्माउन शल्यक्रिया रोज्ने क्रम बढ्दो

पछिल्लो समय सामान्य रूपमा सुत्केरी हुने महिलाहरूको संख्या घट्दै जान थालेको छ । शून्य घरमा डेलभरी भन्दै पालिकाहरूले कार्यक्रम घोषणा गर्दै गए पनि तथा स्वास्थ्य संस्थामा पहुंच वृद्धि भए पनि सामान्य रूपमा सुत्केरी हुने महिलाहरूको संख्या घट्दै गएको छ ।

अधिकांश महिलाले सजिलोका लागि सिजरिङ रोज्ने गरेका छन् । प्रसव पीडाबाट मुक्ति खोज्दै महिलाले बच्चा जन्माउन शल्यक्रिया रोज्ने क्रम बढ्दो रहेको छ ।

जसका कारण सामान्य रुपमा सुत्केरी हुने महिलाको संख्यामा क्रमश घट्दै गएको हो । महिलाहरुले सिजर गरेर बच्चा निकाल्दा पेट चिर्नुपर्ने हुन्छ । टांका लगाउनुपर्ने र निश्चित समयसम्म पूर्णरूपमा स्याहार सुसार चाहिने हुन्छ । त्यसैले चिकित्सकले यो उपाय नअपनाउन आग्रह गरे पनि महिलाहरुले सिजर गरेरै बच्चा जन्माउने गरेका छन् ।

सय वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालकै तथ्याङ्क हेर्ने हो भने हालसम्म नर्मल डेलिभरीको संख्या बढी भए पनि क्रमशः सिजर गरेर बच्चा जन्माउनेहरूको संख्या बढ्दै गएको छ ।

प्रादेशिक अस्पतालमा सुत्केरी हुने महिलाहरूमध्ये झण्डै एक तिहाईले  सिजर गरेर बच्चा जन्माउने गरेको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार अस्पतालमा २०७८ को साउनदेखि २०७९ को असारसम्ममा १२ हजार ९३० जनाले प्रसूति सेवा लिएका छन । जसमध्ये आठ हजार ५४५ ले नर्मल डेलिभरी गरे भने चार हजार ३६६ जनाले सिजरिङको सहायता लिएको बताउनुभयो ।

बढ्दो आधुनिकतासंगै खानपान, नियमित अभ्यास नहुनु र बढ्दो विलासी जीवनको कारण पनि महिलाहरूले सामान्य व्यथामा नै सुत्केरी हुनसक्ने शक्ति गुमाउंदै गएकाले अप्रेशन नै गर्न थालेको चिकित्सकहरु बताउंछन् ।

प्राकृतिक रुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् ।

कतिपय महिलाहरू सामान्य डेलभरीको पीडा सहन नसक्ने भन्दै कुनै जटिलता नभए पनि सिजरिङको बाटो रोज्ने गर्छन ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी प्रसूति रोग विशेषज्ञ डा अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । उनले भने, ‘हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनुहुन्छ ।’

ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताए । ‘ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्नुहुन्छ’, उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित