दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा                
समाचार :

प्रेस मैत्री कानुन बनाउन सरकार गम्भिर भएन–पोखरेल

बुटवल । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पे्रसमैत्री कानुन बनाउन राज्य सकरात्मक नभएको बताएका छन् ।
संविधानले प्रेस स्वतन्त्रताको ज्ञारण्टी गरेपनि पे्रसमैत्री कानुन बनाउन राज्य गम्भीर नबन्दा पत्रकारिता पेशा असुरक्षित रहेको बताए ।
पत्रकार महासंघ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न साधारण सभामा बोल्दै अध्यक्ष पोखरेलले पेशागत सुरक्षाका लागि पे्रसमैत्री नीति बनाउन आवश्यक रहेको बताए ।
पत्रकारिता पेशालाई मर्यादित र विश्वासनियता बनाउनु पर्ने र त्यसका लागि सुद्विकरण आवश्यक रहेको बताउंदै सुद्विकरणका लागि महासंघले शाखाहरुमा पत्राचार गर्ने प्रतिवद्वता जनाए ।
बुटवललाई मिडियाको राजधानी बनाउन सकिने र त्यसका लागि मिडिया सम्बन्धी क्याम्प, अनुसन्धान केन्द्र स्थापना गर्न सकिने उनको भनाई छ ।
उनले पत्रकार महासंघलाई नागरिकको हितमा सशक्त र बलियो बनाउनु पर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निष्पक्ष पत्रकारिता आवश्यक रहेको बताउंदै गलत कुराको निडरताका साथ कलम चलाएर सचेत गराउने पत्रकारिताको धर्म र मर्म मर्यादित हुनुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित