अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

प्रेस मैत्री कानुन बनाउन सरकार गम्भिर भएन–पोखरेल

बुटवल । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पे्रसमैत्री कानुन बनाउन राज्य सकरात्मक नभएको बताएका छन् ।
संविधानले प्रेस स्वतन्त्रताको ज्ञारण्टी गरेपनि पे्रसमैत्री कानुन बनाउन राज्य गम्भीर नबन्दा पत्रकारिता पेशा असुरक्षित रहेको बताए ।
पत्रकार महासंघ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न साधारण सभामा बोल्दै अध्यक्ष पोखरेलले पेशागत सुरक्षाका लागि पे्रसमैत्री नीति बनाउन आवश्यक रहेको बताए ।
पत्रकारिता पेशालाई मर्यादित र विश्वासनियता बनाउनु पर्ने र त्यसका लागि सुद्विकरण आवश्यक रहेको बताउंदै सुद्विकरणका लागि महासंघले शाखाहरुमा पत्राचार गर्ने प्रतिवद्वता जनाए ।
बुटवललाई मिडियाको राजधानी बनाउन सकिने र त्यसका लागि मिडिया सम्बन्धी क्याम्प, अनुसन्धान केन्द्र स्थापना गर्न सकिने उनको भनाई छ ।
उनले पत्रकार महासंघलाई नागरिकको हितमा सशक्त र बलियो बनाउनु पर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निष्पक्ष पत्रकारिता आवश्यक रहेको बताउंदै गलत कुराको निडरताका साथ कलम चलाएर सचेत गराउने पत्रकारिताको धर्म र मर्म मर्यादित हुनुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार