रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

रुपन्देही १ मा भोट माग्नमा ब्यस्त घनश्याम भुसाल

बुटवल । नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही १ बाट स्वतन्त्र बाम उम्मेद्वार बनेका नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिंदै जाँदा जनतासंग भोट माग्न ब्यस्त छन् । त्रिभूज चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका भुसाललाई सत्तारुढ पाँच दलीय गठबन्धनले साथ दिएको छ ।
भुसालको दैनिक आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने, परामर्श गर्ने र आमसभाहरु गरेर जनतासंग भोट माग्नमै बितिरहेको छ । रुपन्देही क्षेत्र नं. १ यसअघि ०७४ सालमा पनि एमालेका उम्मेद्वार छविलाल विकले जितेको क्षेत्र हो । अहिले पनि एमालेबाट विक नै उम्मेद्वार बनेका छन् । एमालेको स्थायी कमिटि सदस्य समेत रहेका भुसालले हालैमात्र एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद्वार बनेका हुन् । भुसाललाई मन पराउने यहाँका एमाले नेता कार्यकर्ताले उनलाई भेट्ने र परामर्श गर्ने गरेको उनी निकट मनोज रिजालले जानकारी दिए ।
रिजालका अनुसार यहाँका एमालेका कैयौं नेता कार्यकर्ता खुलेर भुसालसंग हिड्न नसके पनि आन्तरिक रुपमा भुसालको समर्थक बनेका छन् । भुसालले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेद्वार द्धय अब्दुल रज्जाक र विश्वनाथ यादवसंगै चुनावी अभियान जारी राखेका छन् । यादव १ को (क) र रज्जाक (ख) का उम्मेद्वार हुन् । यहाँ रज्जाक र यादव पनि लोकप्रिय नेता मानिन्छन् । यी उम्मेद्वारसंगै भुसालले क्षेत्र नं. १ का देवदह, धकधइ, रोहिणी लगायतका गाउँमा चुनावी सभा गरिसेका छन् ।
अरु बेला सैद्धान्तिक र नीतिगत बहस जस्तो लामो भाषण गर्ने भुसालले अहिले भने चुनावी भाषण मात्र गर्ने गरेका छन् । उनी आफूले किन एमाले परित्याग गरेको भन्ने जिज्ञासा धेरैलाई भएको हुनसक्ने ठानेर जनतालाई प्रस्ट पार्ने गरेका छन् । उनले एमाले पार्टी अध्यक्ष केपी ओलीकै गलत कार्यशैलीको कारण आफूले एमाले परित्याग गरेको बताउने गरेका छन् । पार्टीको नीति, सिद्धान्त र समसामयिकताबिरुद्ध ओलीले ब्यक्तिबादी चरित्र देखाएको र पार्टीलाई कुनै निजी कम्पनी जस्तो बनाएकाले समस्या आएको उनको तर्क छ । पार्टीमा नीति आफ्नो पास भएको तर नेतृत्व फरक तरिकाले चलेपछि विभाजन शुरु भएको उनले बताउने गरेका छन् ।
शुक्रबार बुटवलमा भएको पाँच दलीय गठबन्धनको चुनावी सभामा शीर्ष नेताहरुलाई भेट्न पुगेका भुसाललाई एमालेबाट विभाजित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भुसालले ओलीलाई ‘साबुन पानीले धोएर सफा गराउन खोजेको तर नसकेको’ भनी टिप्पणी गरेका थिए । ओलीलाई सुधार्न नसकिएको भुसालले मतदाता समक्ष पनि आशय ब्यक्त गर्ने गरेका छन् । देवदहको आमसभामा भुसालले भने, ‘एमालेमा ओलीको छायाँ रहुन्जेल अब पार्टी फुल्ने, फक्रिने, फल्नेवाला छैन ।’ ओलीले एमाले पार्टी नै ध्वस्त पार्न लागेको उनको तर्क छ ।
चुनावी कार्यक्रमहरुमा भुसालले नरम, शिष्ट र सभ्य भाषा प्रयोग गर्ने गर्दछन् । आफ्नो मन्तब्यको अन्त्यमा उनले नमस्ते, जयनेपाल र लालसलाम भनेर सम्बोधन गर्ने गर्दछन् । आम मानिसले प्रयोग गर्ने आदरार्थी शब्द ‘नमस्ते’, नेपाली कांग्रेसजनले प्रयोग गर्ने ‘जय नेपाल’ र कम्युनिष्टहरुले प्रयोग गर्ने ‘लाल सालम’ यी तीनवटै सम्बोधन भुसालले गर्ने गरेका छन् । यी उच्चारण गरेर वठबन्धनका सबै नेता कार्यकर्तालाई उनले सम्बोधन गर्ने गरेका छन् ।
प्रदेशसभाका उम्मेद्वार अब्दुल रज्जाकले गठबन्धनले भुसाल जस्तो बौद्धिक नेता यो क्षेत्रले पाउनु उचित अवसर भएको बताए । मंसिर ४ को निर्वाचनमा गठबन्धनको जीत निश्चित जस्तै रहेको उनको भनाई छ । अर्का उम्मेद्वार विश्वनाथ यादवले गठबन्धनका सबै दलले इमान्दारितपूर्व मत हाल्नुपर्ने बताए । सबैले इमान्दारिता देखाए जीत सहज भएको उनले उल्लेख गरे ।
चुनावी माहोल हेर्दा यस क्षेत्रमा पाँच दलीय गठबन्धनको जीत सहजै हुने निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले दाबी गरे । केसी पाँच दलीय गठबन्धनका चुनावी कमाण्डर हुन् । उनले माहोल आफूहरुको पक्षमा देखिएको बताए । तीनैजना उम्मेद्वारहरुले घरदैलो र चुनावी सभा जारी राखेका केसीले जानकारी दिए ।
करिव एक लाख मतदाता रहेको रुपन्देही १ मा देवदह नगरपालिकाका १३ वटै वडा, तिलोत्तमा नगरपालिकाका ९, ओमसतिया गाउँपालिकाका ५ वटा वडा र रोहिणी गाउँपालिका पर्दछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार