दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

‘दुई नम्बरी’ चलचित्रका निर्मातालाई विकास बोर्डले सोध्यो स्पष्टीकरण

प्रदर्शनरत चलचित्र ‘दुई नम्बरी’का निर्मातालाई चलचित्र विकास बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले चलचित्र निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टीकरण सोधेको हो ।

दुई नम्बरी’का निर्माताले केहीदिन अघि चलचित्रको ५ मिनेटभन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनीमा पनि परिवर्तन गरेको बताएका थिए । शुक्रवारदेखि हलमा नयाँ भर्सन प्रदर्शनमा आउने उनको भनाइ थियो । सोही विषयलाई लिएर विकास बोर्डले स्पष्टीकरण सोधेको हो । ‘केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएको सो चलचित्रलाई काँटछाँट गरिएको/सम्पादन गरिएको हो वा होइन् ? सो सम्बन्धमा २ दिनभित्र स्पष्ट गरी जानकारी गराउनुहुन अनुरोध छ’ विकास बोर्डले निर्माण कम्पनीलाई पठाएको पत्रमा भनिएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुई नम्बरी’ असोज २१ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित