तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राजु गुरुङको उम्मेदवारी सर्वोच्च द्वारा खारेज (आदेशसहित)

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एसका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
गुरुङको निर्वाचन आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेको भन्दै नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।
आयोगले त्यस विरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । यसअघि आफैंले गरेको अल्पकालिन आदेश निरन्तर नहुने भनेको छ ।
शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको हो । सर्वोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन । सो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन ।

कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित