रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

गठबन्धनका उम्मेदवारलाई मत दिनु भनेको बढ्दो बैंक ब्याजदरलाई समर्थन गर्नु हो – पूर्व गृहमन्त्री थापा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ं केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले उद्योगी–व्यवसायीले पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न नहुने बताएका छन् । उनले अहिले बैंक ब्याजदर निरन्तर बढिरहेको र त्यसबाट उद्योगी व्यवसायी मारमा परेकाले पाँचदलीय गठबन्धनलाई भोट दिनुको औचित्य नरहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ संयुक्त प्रचार प्रसार कार्यालयको शुक्रबार गल्लामण्डीमा भएको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री थापाले सरकारमा आबद्ध दलका उम्मेदवार उद्योगी–व्यवसायीको घरदैलोमा पुगिरहँदा उद्योगी–व्यवसायीले भने सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले भने, ‘उद्योगी–व्यवसायीले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिनु भनेको बढ्दो बैंक ब्याजदरलाई समर्थन गर्नु जस्तै हो ।’ सरकारले बैंक ब्याजदर घटाउन कुनै कदम नचालेको उनले आरोप लगाए ।
मुुलुक आर्थिक संकटमा परेकाले उद्योगी–व्यवसायीले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई किन भोट दिने भन्दै उनले प्रश्न गरे । अहिले पाँचदलीय गठबन्धनका उम्मेदवारले जनतालाई झुटो आश्वासन दिइरहेको उनको भनाइ छ । नेता थापाले वर्तमान सरकारका गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकतामा दिने कुरा बताएसँगै नियमित उडान सञ्चालन गरेको जजिरा एअरलायन्सले हवाइ उडान समेत कटौती गरेको बताए । उनले भने, ‘नियमित उडान सञ्चालन भए पो रोजगारीको अवसर सिर्जना हुन्छ, हवाइजहाज उड्न नसकेको अवस्थामा कसरी विमानस्थलमा रोजगारी सिर्जना हुन्छ ।’ थापाले पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जनताको समर्थन रहेको दावी गरे । २०७४ सालमा नेता बोहरालाई विश्वास गरेको नेपाली कांग्रेसले अहिले बोहरा उपयुक्त उम्मेदवार होइन भन्नुको अर्थ नरहेको थापाको भनाइ छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि फ्रि भिसाको प्रलोभन नभइ स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताए । मुलुकको आवश्यकता अनुसार राप्रपा, एमाले र जसपाबीच तालमेल भएको उनले बताए ।
त्यस्तै जसपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार महेन्द्र यादवले आफूहरुले निर्वाचन जितिसकेको र औपचारिकता दिन मात्र बाँकी रहेको बताए । स्थानीय तहको निर्वाचनको मतपरिणामले राप्रपा, एमाले र जसपाको जीत सुनिश्चित रहेको देखाइसकेको उनले दावी गरे । उनले भने, अहिले पेट्रोलियम पदार्थ र महंगी बढेको छ, महंगी बढाउने सरकारको नेतृत्व गरिरहेका उम्मेदवारलाई जनताले मत हाल्नुहुँदैन ।
एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले पाँचदलीय गठबन्धन बिचलित भएको बताए । उनले परमादेशबाट बनेको वर्तमान सरकारले मुलुकमा विकास र समृद्धि नचाहेको बताए । उनले भने, ‘पाँचदलीय गठबन्धन कमजोर छ, राज्यशक्तिको दुरुपयोग भइरहेको छ, सतारुढ दलसँग एजेण्डा छैन ।’
राप्रपा रुपन्देहीका प्रवक्ता दिलिप कुमार मल्लिकले दीपक बोहराले गरेको कामको मुल्यांकन जनताले अवश्य नै गर्ने बताए । उनले भने, ‘सचेत नेपाली जनताले विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुहुनेछ । हामी राप्रपा, एमाले र जसपाका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक अघि बढेका छौं ।’
एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले पाँचदलीय गठबन्धनका कारण मुलुक संकटमा परेको बताए । उनले रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (क)का उम्मेदवार महेन्द्र यादव र ३ (ख)का उम्मेदवार तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउनुपर्ने बताए ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको प्रमुख आतिथ्यता रहेको थियो भने, राप्रपा रुपन्देही जिल्ला प्रवक्ता दिलिप कुमार मल्लिक, नेकपा एमाले सिद्धार्थनगर–६ का सचिव मदन पौडेल लगायतले मन्तब्य राखेका थिए ।
पुनः राप्रपामै फर्किए वृजेश यादव
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका जिल्ला उपाध्यक्ष वृजेश कुमार यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् । केही महिना अघि राप्रपा नेपालमा प्रवेश गरेका युवा नेता यादव पुनः राप्रपामै फर्किएका हुन ।
राप्रपा नेपाल परित्याग गरेका यादवलाई शुक्रबार राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा र रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले पार्टीमा स्वागत गरेका हुन् ।
नेता यादवले विकासप्रेमी नेता दीपक बोहरासहित तीन दलीय गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउने उद्देश्यले आफू पुनः घरमै फर्किएको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार