मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

बुटवल । रुपन्देहीको क्षेत्र नं. १ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउने रणनीति अनुसार क्षेत्र नं. १ का ३३ वटै वडामा विहीबार संयुक्त बैठक तथा छलफल गरिएको छ ।
त्यस्तै एकीकृत समाजवादी क्षेत्र नं. १ ले रुपदेहीको देवदहस्थित भवानीपुरमा आयोजना गरेको क्षेत्रीय भेलामा गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेता घनश्याम भूसाल, प्रदेश सभा (क) का उम्मेद्वार विश्वनाथ यादव, (ख) का अब्दुल रज्जाक तथा अगुवा नेता कार्यकर्ताले धारणा राखेका थिए ।
भेलालाई सम्बोधन गर्दै नेता भुसालले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले छायामा पारेका कयौं असन्तुष्ट एमाले नेता कार्यकर्ताहरुलाई साथमा लिएर जाने प्रतिबद्धता जनाए । लोकतन्त्र बलियो बनाउन परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने उनले औंल्याए । उनले लोकतन्त्र बलियो भएमात्र देश र जनताले समृद्धिको चाहना पुरा गर्ने उल्लेख गरे । गठबन्धनका उम्मेद्वारले निर्वाचन जितेमात्र क्षेत्र नं. १ मा विकासका धेरै बाटहरु खुल्ने उनको भनाई थियो ।
प्रदेश सभा (ख) का उम्मेद्वार अब्दुल रज्जाकले यस क्षेत्रको विकासमा आफूले सक्दो प्रयास गरेको र त्यसको मूल्याङ्कन गरेर यसपटक पनि गठबन्धनका उम्मेद्वारलाई जनताले जिताउने विश्वास ब्यक्त गरे ।
प्रदेश सभा (क) का उम्मेद्वार विश्वनाथ यादवले क्षेत्र नंं. १ को समग्र विकासको लागि पाँच दलीय गठबन्धनका उम्मेद्वारले जसरी पनि जित्नुपर्ने आवश्यकता औंल्याए । आफूहरुलाई बिजयी गराउन उनले जनतासमक्ष आग्रह गरे ।
कार्यक्रम एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराई, टंक पोखरेल लगायतले पनि धारणा राखेका थिए । देवदहबाहेका सबै वडापालिकाहरुमा गठबन्धनको बैठकहरु सम्पन्न भएका निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित