तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

स्थापना दिवसको अवसरमा सिटिजन लाइफ इन्सुरेन्स देवदहद्वारा आश्रममा आर्थिक सहयोग

बुटवल । सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ । कम्पनीले स्थापनाको ५औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई भोजन गराउनुका साथै आश्रमलाई आर्थिक सहयोग गरेको हो ।
कम्पनीले एक औपचारिक कार्यक्रमकाबीच भोजन गराउनुका साथै आर्थिक सहयोग गरेको हो । कार्यक्रम सिटिजन लाइफ इन्सुरेन्स देवदहकी प्रमुख विनिता श्रीसको अध्यक्षता, क्षेत्रीय प्रमुख दुर्गाराज ढकालको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अवसरमा देवदहकी शाखा प्रमुख श्रीसले कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका आश्रितलाई भोजन र आश्रमलाई आर्थिक सहयोग गरेको बताइन् । साथै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाइन् ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि, कम्पनीका क्षेत्रीय प्रमुख ढकालले स्थापना दिवसको अवसरमा कम्पनीले देशैभर विभिन्न कार्यक्रम गरिरहेको जनाए । आश्रममा भोजन र सहयोगसँगै रुपन्देही लगात देशभर सहयोग,रक्तदान लगाएतका कार्यक्रम आयोजना गरिएको उनले जनाए ।

सहयोग रकम ग्रहण गर्दै आश्रमकी प्रतिनिधि सरु अधिकारीले विभिन्न दाताहरुको सहयोगबाट नै आश्रम र आश्रममा आश्रितहरुलाई राहत पुगेको बताइन् । उनले सिटिजन लाइफ इन्सुरेन्सले गरेको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको जनाइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित