पाल्पामा १९ वर्षीया पद्मा सुनारकाे हत्या गर्ने सार्वजनिक जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन एमाले रुपन्देहीको अधिवेशन जेठमा नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या                
समाचार :

खेलाडी राष्ट्रका गहना हुन्ः गृहमन्त्री खाँण

 

भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको प्रोत्साह र खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान, पूर्व खेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने जनाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका उनले खेलले ब्यक्तिलाई अनुुशासित र स्वस्थ बनाउने मात्र नभै देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको जनाए । ‘खेल क्षेत्रको विकासबाट मुुलुुकको समग्र विकास गर्न सकिन्छ,’ मन्त्री खाँणले नेकपा एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, ‘पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।’

निर्वाचन पछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने दावी गर्दै उनले त्यसबेला खेलकुद मन्त्री खेल क्षेत्र बुुझेको, खेल र खेलाडीलाई माया गर्ने, खेल पूर्वाधारमा लगानी बढाउन सक्ने ब्यक्तिलाई मन्त्री बनाउन आफूले अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरे । ‘पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उनले भने, ‘निर्वाचन पछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुुझेका ब्यक्तिहरुसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको बिकासका लागि दिर्घकालीन योजना बनाउँछौं ।’

उनले सधैं राष्ट्रलाई सिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकलाई उनीहरुको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत जनाए । ‘हामीले राम्रा अन्तर्राष्ट्रिय रंगशालाहरु बनायौं र यहाँ ठूला खेल आयोजना गर्यौ भने विदेशी खेलाडीहरु यहाँ खेल्न आउँछन्’, उनले भने, ‘खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रचार–प्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।’

उनले नेपाली खेलाडीहरुले विभिन्न अभावका बाबजुत राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुशी र गौरवको विषय भएको बताए । ‘अहिले खेलिरहेका खेलाडी मात्रै होइन्, पूर्वखेलाडी, प्रशिक्षक लगायत खेलक्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागिपर्नेछौं, गठबन्धनले यसतर्फ ध्यान दिनेछ’, उनले भने, ‘सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।’

यस्तै, गृहमन्त्री खाँणले गठबन्धनले शुक्रबार सिद्धार्थनगर–६ मा आयोजना गरेको कार्यक्रममा बोल्दै खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहोर्याए । कयौं विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रुपन्देहीले उल्लेखनीय टेवा पुर्याएको स्मरण गर्दै गृहमन्त्री खाँणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने जनाए ।

क्षेत्र नम्बर ३ का प्रदेशसभा (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले मुलुकलाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र खेल क्षेत्र नै भएको बताए । उनले खेलाडीहरुलाई कुनै किसिमको अभाव हुन नदिन र बाचुञ्जेल उनीहरुको सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्न सकारले ध्यान दिनुपर्ने बताए । यसका लागि आफूहले प्रदेश र संघ सरकारसँग पहल गर्ने पाण्डेयले बताए । पछिल्लो समय नेपाललाई खेल क्षेत्र र खेलाडीले नै अन्तर्राष्ट्रिय जगतमा सबैभन्दा बढी चिनाएको उनको भनाई छ ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी सागर पुनले खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट व्यहोर्नु परेको, रोजगारी नभएर भौतारिनु परेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु परेको गुनासो गरे । उनले यी सबै समस्या समाधानका लागि पहलकदमी गर्न गृहमन्त्री खाँणसँग अनुरोध गरे । पुनले गृहमन्त्रीसँग आफूहरुले धेरै विश्वास र भरोसा गरेको जनाउँदै निर्वाचन पछि बन्ने सरकारमा खेलकुदमन्त्री भएर मुलुकको खेल क्षेत्रलाई माथि उठाउन लागिपर्न आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार