बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

होटल, रेष्टुरेन्टले मेनुमा सेवा शुल्क र भ्याट जोड्न नपाउने

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको छ।

विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै विभागले होटल रेष्टुरेन्टलाई सचेत गराएको हो।

‘सबै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मेनुमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुहुन र सो मूल्यमा कुनै अतिरिक्त मूल्य नलिनुहुन सुचित गरिन्छ’ विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

होटल  तथा रेष्टुन्टले अतिरिक्त सेवा शुल्कका नाममा रकम लिने गरेको गुनासो विभागमा आएकाले सचेत गराएको विभागले जनाएको छ।

यद्यपी यो सूचना पालना नगरेमा नियमअनुसार होटल रेष्टुरेन्टलाई कारबाही हुने समेत विभागबाट जारी विज्ञप्तीमा उल्लेख छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित