रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिक सहितको पार्क

मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो ।

बाबुसंगै बाग्लुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो।

राजमार्ग छेउँमै उपमहानगर मातहत रहेको करिब दुई विगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको हो।

जित बहादुर पुन महेन्द्र राजमार्ग निर्माण भइरहेको बेला त्यसमा काम गर्न भन्दै पुनका बुबा छोराछोरीलाई लिएर बुटवलमा आएका थिए। बाबुसंगै जितबहादुर र उनका दुई दाजुभाई पनि बुटवलमा आएर काम गरेका थिए। जितबहादुरले सडक निर्माणमा काम गर्न बातावरण नभएपछि ०३० को दशकमा प्लाई उद्योगमा काम सुरु गरेका थिए।

उद्योगमा काम गर्दै जनवादी गीत संगीतमार्फत सचेतना फैलाउने र राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले त्यसबेला नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

पुनकै सक्रियतामा यसक्षेत्रमा जनवादी सांस्कृतिक क्रान्ति, राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनका लागि संगठन निर्माण, श्रमज्योति क्लब गठन गर्दै त्यसैमार्फत राजनीतिक चेतनाको अभियान सञ्चालन गरिएको पुनले नै संगठित गरेका एमाले नेता डिलबहादुर आचार्यले बताए।

०४३ सालमा म्यानेन्जाइटिस भएर पुनको निधन भएको थियो । त्यसअघि पुनकी पत्नीको सुत्केरी हुनेक्रममा प्रसव पीडाकै बीचमा बच्चा जन्मन नसकेर निधन भएको थियो । पुनका भाईबुहारी र भतिजाभतिजी हाल पार्क रहेको स्थान नजिकै बस्दै अएका छन् । पुनका बाबु जो राजमार्ग निर्माणका क्रममा आउनुभएको थियो उहाँको चौपारीमा आराम गरिरहेकै बेलामा निधन भएको बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार