रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

मदनकृष्णको स्वरमा ‘सराङकोटको डाँडैमा’को ‘लेजेन्डरी भर्सन’

हिट गीत ‘सराङकोटको डाँडैमा’ ‘लेजेन्डरी भर्सन’मा समेत आउने भएको छ । ८ महिनाअघि प्रविन भट्ट र बालगायिका पूजा देवकोटाको स्वरमा सार्वजनिक गीत टिकटकसँगै युट्युबमा निकै हिट भएको थियो । सोही हिट गीत लेडेन्डरी भर्सनका लागि रेकर्डसमेत भइसकेको छ ।

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले लेजेन्डरी भर्सनमा स्वर दिएका छन् । उनका साथमा चर्चित गायिका देविका बन्दनाको स्वर गीतमा सुन्न सकिनेछ । गायिका देविकाले गीत  रेकर्डिङ गर्दाका तस्वीरहरू फेसबुकमा शेयर गरेकी छन् । गीतको शब्द एवं संगीत भने प्रशान्त पौडेलको हो । केही दिनमा भिडियोसहित गीत सार्वजनिक गर्ने तयारी छ ।
पछिल्लो समय हिट गीतहरू विभिन्न भर्सनमा ल्याउने क्रम बढेको छ । त्यसमा मदनकृष्ण पहिलो रोजाइमा पर्दै आएका छन् । ‘फुलबुट्टे सारी’, ‘एउटा सपना छ’ लगायत गीतको लेडेन्डरी भर्सन मदनकृष्णको स्वरमा यसअघि सार्वजनिक भइसकेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित