तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा २ सय शय्या थपिने

बालबालिका तथा महिलाको उपचारलाई सरल र सहज बनाउने भन्दै बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गरिने भएको छ ।

हाल १ सय शय्या रहेको उक्त अस्पताललाई २ सय शय्या थप गरी ३ सय शय्यामा स्तरोन्नति गर्ने समझदारी भएको हो । अस्पतालको सञ्चालन बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले त्रिपक्षीय रुपमा गर्दै आएका छन् । एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा मंगलबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो ।

अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालमा बाल र महिला रोगका बिरामी बढ्दै गएकाले अस्पताललाई ३ सय शय्या क्षमतामा स्तरोन्नति गर्ने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए । यसले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा परिणत हुने जनाए ।

आम्दा इन्टरनेसनलका अध्यक्ष डा सिगेरू सुगानामीले आम्दामा बेड थप गर्नेमात्रै नभई अन्य सुविधासमेत थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र त्यसका लागि संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए ।

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा दीपनगरमा आम्दा अस्पताल स्थापना भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित