युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढ्यो, भाइमसला प्याकेटमै सय रुपैयाँसम्म महँगियो

भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो पर्ने भएको छ। तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य आकासिएको छ।

तिहारमा अत्यधिक बिक्री हुने भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ।

भाइमसलामा पिस्ता, काजु, ओखर, मिस्री, नरिवल, छोकडा, सुपारी, मखना हुन्छन्। यीमध्ये गत वर्षको तुलनामा काजु, पिस्ता, ओखरलगायतको मूल्य बढेको मखन गल्लीका ड्राईफ्रुट्स तथा मसला व्यापारीले जानकारी दिए। नरिवल, खुर्पानीलगायतका ड्राईफ्रुट्सको मूल्य भने यो वर्ष नबढेको उनीहरु बताउँछन्।

सुशीला ट्रेडर्सका एक व्यवसायीका अनुसार गुणस्तर हेरेर काजु प्रति किलो १५ सयदेखि १८ सय रुपैयाँ पर्छ। गत वर्ष काजु प्रति किलो १५ सयदेखि १६ सयसम्म बिक्री हुन्थ्यो। त्यस्तै, गत वर्ष १८ सयसम्म किनबेच भएको पिस्ता अहिले किलोको दुई हजारदेखि २१ सय रुपैयाँ पर्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित