रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

लुम्विनी विशिष्टीकृत सहकारी भवनको शिलान्यास

तिलोत्तमामा देशकै सबै भन्दा ठूलो दुग्ध प्रशोधन केन्द्र लुम्विनी विशिष्टीकृत सहकारी संघको दुग्ध प्रशोधन तथा उत्पादन भवनको शिलान्यास गरिएको छ । बुधबार आयोजित एक समारोहका बीच भवनको शिलान्यास गरिएको हो । तिलोत्तमाको पश्चिम पौनीमा करिव तीन विगाहा क्षेत्रफलमा ७० करोडको लगानीमा भवन बन्न लागेको हो । भवनको शिलन्यास गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सरकारले सहकारीको महत्वलाई बुझ्न नसकेको र सहकारीले मुलुकको आर्थिक स्थितिमा सुधार ल्याउन सक्छ भन्नेमा विश्वस्त नरहेकोले सहकारीहरुमा ढुक्कले लगानी गर्ने वातावरण बन्न नसकेको बताए । आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेकाले सरकार, निजी क्षेत्र र सहकारीबीच आपसी समन्वय र सहकार्य गरी विकासलाई अघि बढाउनुपर्ने उनले बताए । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले किसान र उपभोक्ता बीचमा हुने मूल्य समायोजनका लागि पनि नगरले यस्तो परियोजनाको योजना बनाएको उल्लेख गरिन् । उनले अव विचौलिया हावी हुने प्रवृत्तिको अन्त्यका लागि यो सहकारीले काम गर्नुपर्नेमा जोड दिदै सहकारीहरुलाई नडराई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरिन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सहकारी बोर्डका उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारी समुदायका लागि भए पनि सरकार सहकारीका लागि हुन नसकेको बताए । लुम्विनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले परियोजनाको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, राममणि बहुमुखी क्याम्पसका अध्यक्ष रोमणिप्रसाद पाठक, डिल प्रसाद पराजुली, संस्थाका उपाध्यक्ष ज्ञानु पौडेल, कोषाध्यक्ष खेम गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित