आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

लुम्विनी विशिष्टीकृत सहकारी भवनको शिलान्यास

तिलोत्तमामा देशकै सबै भन्दा ठूलो दुग्ध प्रशोधन केन्द्र लुम्विनी विशिष्टीकृत सहकारी संघको दुग्ध प्रशोधन तथा उत्पादन भवनको शिलान्यास गरिएको छ । बुधबार आयोजित एक समारोहका बीच भवनको शिलान्यास गरिएको हो । तिलोत्तमाको पश्चिम पौनीमा करिव तीन विगाहा क्षेत्रफलमा ७० करोडको लगानीमा भवन बन्न लागेको हो । भवनको शिलन्यास गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सरकारले सहकारीको महत्वलाई बुझ्न नसकेको र सहकारीले मुलुकको आर्थिक स्थितिमा सुधार ल्याउन सक्छ भन्नेमा विश्वस्त नरहेकोले सहकारीहरुमा ढुक्कले लगानी गर्ने वातावरण बन्न नसकेको बताए । आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेकाले सरकार, निजी क्षेत्र र सहकारीबीच आपसी समन्वय र सहकार्य गरी विकासलाई अघि बढाउनुपर्ने उनले बताए । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले किसान र उपभोक्ता बीचमा हुने मूल्य समायोजनका लागि पनि नगरले यस्तो परियोजनाको योजना बनाएको उल्लेख गरिन् । उनले अव विचौलिया हावी हुने प्रवृत्तिको अन्त्यका लागि यो सहकारीले काम गर्नुपर्नेमा जोड दिदै सहकारीहरुलाई नडराई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरिन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सहकारी बोर्डका उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारी समुदायका लागि भए पनि सरकार सहकारीका लागि हुन नसकेको बताए । लुम्विनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले परियोजनाको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, राममणि बहुमुखी क्याम्पसका अध्यक्ष रोमणिप्रसाद पाठक, डिल प्रसाद पराजुली, संस्थाका उपाध्यक्ष ज्ञानु पौडेल, कोषाध्यक्ष खेम गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित