

सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन ।
तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको चापका कारण रातिसम्मै सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता राति ७–८ बजेसम्म सेवाग्राहीको लाइन हुने गरेको छ । बुटवलबाट राहदानी बनाउन आएकी मुसिकोट नगरपालिका निवासी सिता घिमिरेले अबेरसम्म बसेर सेवा प्रदान गरेकोमा प्रशासनलाई धन्यवाद दिइन ।