रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सिद्धार्थनगरमा निःशुल्क जैविक सार्वजनिक शौचालय

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हसान्तरण गरेपछि शौचालय संचालनमा आएको हो ।

बिहीवार नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलेर शौचालय संचालनको सुरुवात गरेका हुन् । नगर प्रमुख खानले जैविक सार्वजनिक शौचालय संचालनले स्वदेशी र विदेशी नागरिकलाई सहज हुनुका साथै नगर स्वच्छ र सफा रहने विश्वास व्यक्त गरे ।

उनले शौचालयको सुरक्षा र संरक्षणमा नगरपालिकाका साथै सरोकारवालाहरुले पनि ध्यान दिन आग्रह गरे । ‘शौचालय संचालनमा आएको छ, यस भित्रको कमीकमजोरी हामी पुरा गर्दै जान्छौँ’, उनले भने, ‘यो हामी सबैको सम्पत्ति हो, यसको सुरक्षा र संरक्षण गर्ने हामी सबैको दायित्व पनि हो ।’

सार्वजनिक शौचालयलाई आफ्नै घरको शौचालय सरह सम्झिनु पर्ने उनको भनाई थियो । उनले शौचालय संचालनले मात्रै नभई कर्मचारी र जनप्रतिनिधिहरुलाई शौचालयको प्रयोग गरेर यसको अनुगमन तथा निरीक्षण समेत गरेर देखिने समस्या समयमै समाधान गर्न निर्देशन दिए ।

नगरको बुद्धचोकमा दुई वटा, सिद्धार्थ राजमार्गदेखि आवारोड जाने मार्ग, देवकोटा चोक, आँखा अस्पताल क्षेत्र र पर्यटकीय गेट (डण्डा) मा एक–एक वटा गरी ६ वटा जैविक सार्वजनिक शौचालय संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए । यी शौचालयहरु उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार