भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

सिद्धार्थनगरमा निःशुल्क जैविक सार्वजनिक शौचालय

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हसान्तरण गरेपछि शौचालय संचालनमा आएको हो ।

बिहीवार नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलेर शौचालय संचालनको सुरुवात गरेका हुन् । नगर प्रमुख खानले जैविक सार्वजनिक शौचालय संचालनले स्वदेशी र विदेशी नागरिकलाई सहज हुनुका साथै नगर स्वच्छ र सफा रहने विश्वास व्यक्त गरे ।

उनले शौचालयको सुरक्षा र संरक्षणमा नगरपालिकाका साथै सरोकारवालाहरुले पनि ध्यान दिन आग्रह गरे । ‘शौचालय संचालनमा आएको छ, यस भित्रको कमीकमजोरी हामी पुरा गर्दै जान्छौँ’, उनले भने, ‘यो हामी सबैको सम्पत्ति हो, यसको सुरक्षा र संरक्षण गर्ने हामी सबैको दायित्व पनि हो ।’

सार्वजनिक शौचालयलाई आफ्नै घरको शौचालय सरह सम्झिनु पर्ने उनको भनाई थियो । उनले शौचालय संचालनले मात्रै नभई कर्मचारी र जनप्रतिनिधिहरुलाई शौचालयको प्रयोग गरेर यसको अनुगमन तथा निरीक्षण समेत गरेर देखिने समस्या समयमै समाधान गर्न निर्देशन दिए ।

नगरको बुद्धचोकमा दुई वटा, सिद्धार्थ राजमार्गदेखि आवारोड जाने मार्ग, देवकोटा चोक, आँखा अस्पताल क्षेत्र र पर्यटकीय गेट (डण्डा) मा एक–एक वटा गरी ६ वटा जैविक सार्वजनिक शौचालय संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए । यी शौचालयहरु उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित