मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई ३२ लाख बढी अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले पांच वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लाई निरन्तरता दिइएको नगर प्रमुख रामकृष्ण खाणले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान दिनेगरी बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो । किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत् बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी गरेको छ । तिलोत्तमामा हाल २० वटा दुग्ध उत्पादक सहकारीहरु मध्ये आज अनुदान पाउनेमा १३ वटा सहकारी रहेका छन् । नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को दूध संकलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको छ ।उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष ४० लाख ५१ हजार पाँच सय ५६ रुपैयाँ मध्ये रित नपुगेका किसानलाई थाती राखी ३२ लाख ३५ हजार ६ सय ७० रुपैयाँ  किसानलाई उपलब्ध गराएको छ।

विभिन्न १३ वटा सहकारीले बिहिबार अनुदान रकम प्राप्त गरेका छन् । बाँकी ७ सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा तिलोत्तमाका सहकारीले कुल ४५ लाख लिटर दुध संकलन गरेका थिए । तिलोत्तमामा वाषिर्क ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ ।तर घरबाटै बिक्रि गरिने दुधको तथ्यांक अनुदानमा नआउने भएकाले यो संख्या घटेको देखिन्छ। नगरको गौतम बुद्ध दुध डेरी तथा चिस्यान केन्द्रले वाषिर्क सात लाख ३ हजार भन्दा बढी लिटर दूध संकलन गर्दै आएको छ ।

सहकारीमार्फत् तीन हजार बढी किसानले दूध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध संकलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्यांकमा जनाइएको छ । सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ । यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । ‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने, ‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।’

केन्द्रिय दुग्ध सहकारी संघ नेपालका सदस्य तथा गोकुल दुग्ध सहकारी संस्थाका अध्यक्ष हरी प्रसाद काफ्लेले गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको बताए । ‘सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो थालनी गरेको छ,’ काफ्लेले भने, ‘अब दूधको लागत घटाउने, मल बिऊ बिजन, दानाको लागत घटाई अनुदानलाई अझै बढाउन समेत आग्रह गर्दछु ।’कार्यक्रममा बोल्दै जिल्ला दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले नगरपालिकाले किसानका लागि प्रोत्साहन गर्ने योजना अटथा बजेट ल्याउनु सर्हानिय कार्य भएकाले सबै किसानले नगरपालिकाले ल्याएको योजनामा सहभागी हुन आग्रह गर्नुभयो।

नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि चलाइने पशु शाखा कार्यालय तिलोत्तमाका प्रमुख राजु कुवर मगरले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित