घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर) रुपन्देहीको मोर्डन स्कुलको बार्षिक उत्सव भब्य सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र                
समाचार :

चर्को बैंक व्याज विरुद्ध रुपन्देही व्यापार संघको चरणबद्ध आन्दोलनको घोषणा

बुटवल । रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालू पुजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
संघले पहिलो चरणको दवावका कार्यक्रम अन्तरगत २०७९ कार्तिक ३ गते नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । सपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक्रम रहेको छ । त्यससमयमा पनि मागको सुनुवाई नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने भनिएको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले बुधवार विज्ञप्ती जारी गर्दै पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन सकेको नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण पटकपटक व्याजमा भैरहेको बृद्धिले निकै मर्कामा परेका जनाएका छन् । विज्ञप्तीमा बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
संघले कोरोना महामारीलगायतका विभिन्न कारणले व्यापार व्यवसायमा निकै असर परेको अवस्थामा बैंकको व्याज दर बृद्धि र त्यसमा राष्ट्र बैंकको स्वीकृतिले हतोत्साहित बनाएको जनाएको छ । संघले बैंकहरुको उक्त कदमप्रति आपत्ति प्रकट गर्दै तत्काल व्याज बृद्धिको निर्णय फिर्ता गरि वजारमा पुजी चलायमान बनाउने बाटो अवलम्बन गर्न अनुरोध गरेको छ ।
अहिलेको विषम परिस्थितीमा आर्थिक गतिविधि बृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुको उच्च व्याजदरले कतै पनि सहयोगिको भूमिका नखेल्ने हुदा त्यसमा गम्भिर बन्न आग्रह पनि गर्दै मागको सुनुवाई तथा चर्को बैंक व्याजदर फिर्ता गराउनका लागि दवाव दिने उद्देश्यले चरणबद्ध दवावका कार्यक्रमहरु तय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार