मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

सन्तबहादुरले ब्युँताए नेकपा मशाल, ३५ सदस्यीय केन्द्रीय समिति घोषणा

राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी मसालबाट अलग भएको समूहले नेकपा मशाललाई ब्युंताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ ।

जसमा २५ पूर्ण सदस्य र १० वैकल्पिक गरी ३५ सदस्य रहेको सो पार्टीले जनाएको छ ।
महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गरि मशाललाई व्यूँताउनुपरेको बताए । मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको उनले दाबी गरे ।

राष्ट्रिय जनमोर्चा हाल सत्ता गठबन्धनमा रहेपनि विद्रोही संगठन गठबन्धनमा रहेको र आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको जनाएको छ । नेपालीका अनुसार मशालको पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला रहने छन् ।
पार्टी पोलिटब्युरो सदस्यहरु कृष्णराज पौडेलले बागलुङ, अर्घाखांची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको दावी गरे । महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ ।

स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरुसमेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित