
लुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई समृद्धि र आत्मनिर्भर गराउने बजेट आएको बताए ।