भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, आज पनि अवरोध गर्ने प्रतिपक्षीको तयारी

 दुई दिन लगातार अवरुद्ध भएको लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल एमाललेका सासंदहरुले अवरुद्ध गर्ने तयारी गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल गर्न असार १३ गते बोलाएको बैठक आधा घण्टा चलेर स्थगित भएको थियो । यस्तै असार १७ गतेको बैठक ५ मिनेटमै अवरुद्ध भएको थियो । विपक्षी दलसँग छलफल गरेर संसद चलाउने सत्तापक्षको कसरत छ । यता प्रमुख प्रतिपक्षी एमालेले भने लिखित प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएको छ ।

प्रतिपक्षी सांसदले प्रदेश निर्देशनालय खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने र बजेटमा भएको मनोमानी सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधका कारण लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित