तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

हाेटल पवन प्यालेस बिक्रीमा, साझेदार खोज्दै होटल एसिया

चार वर्षअघि सञ्चालनमा आएको होटल पवन प्यालेस बैंकको लिलामीमा परेपछि यतिखेर बिक्रीमा छ। वित्तिय अवस्था नै कमजोर भएपछि होटल बिक्रीमा राखिएको सञ्चालक पवनकुमार हलवाइले बताए।

‘बैंकले ताकेता गरेको गरेकै छ। हामी होटल बिक्री गरेर बैंकको ऋण सकार्ने योजनामा छौं। एक अर्बभन्दा बढी ऋण छ,’ उनले भने,’होटल चलाउन सकिएन। आफ्नो लागत उठ्ती र बैंकको ऋण सल्टाउनु नै अहिलेको मुख्य उद्देश्य हो।’

उनका अनुसार होटल चार वर्षअघि सवा दुई अर्बभन्दा बढीको लागतमा निर्माण गरिएको थियो। अपेक्षाअनुसारको व्यापार बढेन, ऋण थपिएको थपिएकै भयो।

भैरहवाकै ग्राण्ड कस्मो होटल लिलामीको संघारमा छ। नेपाल भ्रमण वर्ष २०२० सँगै अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गर्दै चार वर्षअघि १७ करोडको लागतमा होटल निर्माण भएको थियो। यो ३४ कोठा क्षमताको होटल हो। कारोबार नभएपछि लगातार वित्तीय अवस्था खस्किएर लिलामी गर्नुपर्ने अवस्थामा पुगेको सञ्चालक एकरामउद्दीन खानले बताए।

‘जुन आशाले व्यवसाय सुरु गरियो त्यो अनुसार प्रतिफल आएन। यस्तो अवस्थामा सरकारको नीतिविपरीत बैंकले कारवाही गरिरहेको छ,’ उनले भने,’अदालतको स्टे अर्डरमा चल्दाचल्दै लिलामी सूचना जारी गरिएको छ। अब मुलुकलाई नै आर्थिक मन्दी लागेको बेलामा होटल बिक्री पनि सम्भव देखिएको छैन।’

यसैगरी निर्माणाधीन पाँचतारे होटल एसिया पनि आर्थिक संकटमा परेको छ। त्यसैले निर्माण कार्य ढिला भइरहेको संचालक शंकर घिमिरेले बताए। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो होटलका लागि वित्तीय व्यवस्थापन गाह्रो परेको छ।

१८ कठ्ठा क्षेत्रफलमा निर्माणधीन होटल संचालन र व्यवस्थापनका लागि साझेदार खोजिरहेको घिमिरेले बताए। ‘कोभिड र बैंकिङ रिसेसनका कारण हामीले बाध्यतावस काम पनि पर्याप्त गतिमा अगाडी बढाउन सकेका छैनौं,’ उनले भने, ‘मन्द गतिमा काम भइरहेको छ। नयाँ साझेदार भित्र्याउन विभिन्न समुहसँग कुराकानी भइरहेको छ।’

उनका अनुसार होटलका लागि साझेदार र व्यवस्थापन सम्हाल्ने समूह निश्चित भइसकेपछि मात्र डेकोरेसन र डिजाइनको काम अगाडि बढाउने योजना छ। १०८ कोठा रहने भनिएको होटललाई पछी डिजाइन परिमार्जन गर्दै भविष्यमा १५० कोठा बनाउने जनाइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित